Comments Add Comment

ग्रान्डीमा गुरुङले पाए नयाँ जीवन

Khadka-sing-gurung

अफगानिस्तानमा अचानक बिरामी परेर सिकिस्त भएका लमजुङका खड्ग सिंह गुरुङले नयाँ जीवन पाएका छन् ।

सात बर्ष अघिदेखि अफगानिस्तानको काबुलस्थित सेल्ड स्युरिटी क्याम्प ग्रिनभिलेजमा सुरक्षा गार्डका रुपमा कार्यरत नेपाली गुरुङ अचानक पेट दुखेपछि त्यहाँको ग्लोबल अस्पतालमा भर्ना भएका थिए ।

ग्लोवल अस्पतालले गुरुङमा पेट भित्रको आन्द्रा कुहिने समस्या भएको ठहर गरी ७२ घण्टामा उनको मृत्यु हुनसक्ने भन्दै परिवारसँग भेट्नका लागि नेपाल फिर्ता पठाइएको थियो ।

परिवारसँग भेट्नका लागि नेपाल पठाइएका उनलार्इ परिवारजन र आफन्तले ग्रान्डी अस्पतालमा ल्याएर भर्ना गरे । ग्रान्डी अस्पतालका जनरल सर्जन डाक्टर राकेश कुमार साहले उनको स्वास्थ्य परिक्षण गरे ।

जुन हिसावले अफगानिस्तानको अस्पतालले गुरुङलार्इ सबै आन्द्रा कुहिएको र शल्यकृया गर्नु उपयुक्त नभएको भन्दै ठहरको डिस्चार्ज समरी सहित नेपाल पठाएको थियो । तर, डाक्टर साहले दोहोर्याएर परिक्षण गर्दा भिन्न रिपोर्ट आयो

ग्रान्डी अस्पतालको मल्टी डिस्सेप्लीनरी अप्रोच र एक्सपर्ट डाक्टरहरुको टिमले गुरुङको उपचार गर्न सक्ने ठहर गर्यो ।

दुइपटकको सफल शल्यकृया पछि गुरुङको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उनी खाना खाने र हिँडडुल समेत गर्न सक्ने भएका छन् । आफ्नो जीवन बचाइ दिएकोमा उनले धन्यवाद दिएका छन् ।

साथै गुरूङले आफन्त साथीभाइ र अफगानिस्तानको आफू कार्यरत कम्पनीका सहकर्मीहरुको सहयोगका कारण बाँच्न सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment