Comments Add Comment

विन्डोज १० अपग्रेडका विषयमा पढ्नैपर्ने सवाल जवाफ

windows1-10
आउँदो जुलाई २९ मा माइक्रोसफ्टले आफ्नो बहुप्रतिक्षित तथा सबैभन्दा महत्वपूर्ण ठानिएको अपरेटिङको सिष्टम विन्डोज १० सार्वजनिक गर्दैछ । माइक्रोसफ्टले आफ्ना विन्डोज अपरेटिङ सिस्टम प्रयोगकर्ताका लागि विन्डोज १० निशुल्क अपडेटको सुविधा उपलब्ध गराउने भनेको छ । यद्यपि प्रयोगकर्ताको मनमा विन्डोज १० का विषयमा कतिपय प्रश्नहरु होलान् । केही प्रश्नहरुको जवाफ यहाँ प्रस्तुत गरिएको छः

विन्डोज १० का बारेमा नयाँ तथा कूल कुरा के छ ?

विन्डोज १० वास्तवमा थुप्रै नयाँ फिचर्सहरुको साथमा आउँदैछ । नयाँ विन्डोज स्टोरमा उपलब्ध हुने एप्सहरुले विन्डोज १० पिसी र विन्डोज १० वाला ट्याब्लेट दुबैमा काम गर्छन् । त्यसका साथै नयाँ माइक्रोसफ्ट एज ब्राउजरमा पनि निकै उत्कृष्ट कार्यदक्षता तथा फिचरहरु रहेका छन् । प्रारम्भिक परीक्षणहरुबाट यो ब्राउजर अहिले प्रचलनमा रहेका गुगल क्रोम लगायतका ब्राउजरभन्दा कैयौँ गुणा तिव्रगतिको रहेको पाइएको छ ।

विन्डोज ८ ले त दिक्क पारेको थियो । के विन्डोज १० ले पनि त्यस्तै निरास पार्ने हो की ?

तर, विन्डोज १० अलिक उत्कृष्ट देखिन्छ । माइक्रोसफ्टले निशुल्क पि्रभ्यू संस्करण समेत उपलब्ध गराएको छ । विन्डोज इन्साइडर भन्ने प्रोग्रामको साथमा साहसीहरुले आफ्नो कम्प्युटरमा यो प्रारम्भिक संस्करणको परीक्षण गर्न सक्छन् । प्रारम्भिक स्वरुपमा नै विन्डोज १० मा निकै प्रिय लाग्ने धेरै चिजहरु छन् । यसले विन्डोज १० मा सर्वोत्कृष्ट विशेषता जस्तै स्थायित्व तथा प्रयोगकर्तामैत्रीपनालाई ग्रहण गरेको छ । त्यस्तै विन्डोज ८.१ मा रहेको टचस्त्रिmन मैत्री फिचर पनि यसले ग्रहण गरेको छ । यी दुबैलाई मिलाएर अझ बढि प्रयोग गर्न सजिलो बनाइदिएकेा छ, कम्प्युटर र ट्याबलेट दुबैमा । अलिक बानी परेको जस्तो तर  फ्रेस । माइक्रोसफ्टले विन्डोज १० लाई विन्डोजको अन्तिम संस्करण भनेको छ । अब विन्डोज ११, १२ जस्ता नयाँ संस्करण सार्वजनिक नगरी नियमित रुपमा विन्डोज १० मै नयाँ फिचर तथा अपडेट गरिनेछ ।

विन्डोज ७ तथा विन्डोज ८ युक्त कम्प्युटरलाई अपडेट गर्दा कति खर्च लाग्छ ?

कत्तिपनि लाग्दैन । अर्कोवर्ष सम्मका लागि माइक्रोसफ्टले विन्डोज ७, ८ तथा ८.१ युक्त कम्प्युटर, ट्याब्लेट तथा स्मार्टफोनमा निशुल्क अपडेटको सुविधा उपलब्ध गराउनेछ । विन्डोज १० बाट माइक्रोसफ्टले ठूलो योजना राखेको छ । पहिले सबै विन्डोज प्रयोगकर्ताले विन्डोज १० प्रयोग गर्नेछन् र यसले वित्तिय रुप्मा ठूलो सफलता दिलाउनेछ ।

विन्डोज १० को कुन भर्सन निशुल्क पाइन्छ ?

त्यसका लागि यो चार्ट हेर्नुस् ।

windows-10

के मेरो ट्याबलेट तथा कम्प्युटरले विन्डोज १० थेग्छ ?

माइक्रोसफ्टका लागि विन्डोज १० सपोर्ट गर्नका लागि आफ्नो ट्याबलेट तथा कम्प्युटर निम्न क्षमताको भए पुग्छ : १ गिगाहर्ज वा त्यो भन्दा शक्तिशाली प्रोसेसर, १ गिगाबाइट र्याम (३२ बिट भर्सनका लागि ), २ गिगाबाइट र्याम (६४ बिट भर्सनका लागि), १६ जिबी हार्ड ड्राइभ (३२ बिटका लागि), २० जिबी हार्डड्राइभ (६४ बिटका लागि), डाइरेक्टएक्स नाइन वा डब्लुडीडीएम १ ड्राइभरसहितको ग्राफिक्स कार्ड, ८०० गुणा ६०० डिस्प्ले । धेरैजसो कम्प्युटरमा यो न्युनतम क्षमता हुन्छ नै । अझ त्यसलाई एकीन गर्नका लागि गेट विन्डोज १० नामक एपमा गएर परीक्षण गर्न सक्नुहुन्छ की तपाइँको कम्प्युटरले विन्डोज १० सपोर्ट गर्छ गर्दैन ।

त्यसोभए मैले जुलाई १९ मा पक्कै पनि विन्डोज १० प्राप्त गर्छु त ?

सायद

सायद ?

windows10हो । जुलाई २९ मा विन्डोज १० प्रिइन्स्टल गरिएका नयाँ कम्प्युटरहरु पहिलोपटक बिक्रिमा राखिन लागिएको हेा । यस्ता कम्प्युटर धेरै संख्यामा उपलब्ध छैनन् । किनकी धेरै कम्प्युटर निर्माताहरु नयाँ कम्प्युटर निर्माणका लागि स्कुल सपिङ तथा विदाको सिजन कुरिरहेका छन् ।

मैले यदि नयाँ कम्प्युटर किन्न चाहिन भने ?

माइक्रोसफ्टले विन्डोज १० डाउनलोडका लागि पनि उपलब्ध गराउँदैछ नी, जुलाई २९ बाटै ।

त्यसोभए जुलाई २९ मै विन्डोज १० आफ्नो कम्प्युटरमा डाउनलोड गर्न सकिने भयो हैन ?

सायद । पहिलो त सुरुमा यो विन्डोज इनसाइडर प्रोग्राम प्रयोगकर्ताको लागि उपलब्ध हुनेछ । विन्डोजको परीक्षण कार्यक्रममा जोखिम मोलेर सहभागिता जनाएकालाई उपहारको रुपमा सुरुमै माइक्रोसफ्टले पहिलो प्राथमिकता दिएको हो । त्यसपछि केही हप्तासम्म हरेक हप्ता एक-एक समूहका विन्डोज प्रयोगकर्ताका लागि यो उपलब्ध गराइनेछ । प्रयोगकर्ताले विन्डोज १० एकैचोटी डाउनलोड गर्दा पर्ने अत्यधिक ट्राफिकबाट आफ्नो सर्भर नै डाउन होस् भन्ने माइक्रोसफ्टको चाहना छैन । सायद तपाइँले विन्डोज १० डाउनलोडका लागि लाइनमा बस्नका लागि साइन अप गरिसक्नुभएको छ होला । माइक्रोसफ्टले विन्डोज प्रयोगकर्ताको सिस्टम ट्रेमा गेट विन्डोज १० एप मार्फत एक महिनादेखि नै विन्डोज १० अपडेटका लागि साइनअप गर्नका लागि उक्साइरहेको छ । यो एपले नै तपाइँको कम्प्युटरले विन्डोज १० थेग्छ की थेग्दैन भन्ने समेत जानकारी दिनेछ ।

मलाई विन्डोज १० डाउनलोड गर्न मनै लागेन भने के हुन्छ ?

तपाइँसँग दुइवटा विकल्प छन् । युएसबी फ्लास ड्राइभ तथा डिभिडीमार्फत पनि विन्डोज १० इन्स्टल गर्न सकिन्छ । यसरी खरीद गर्दा विन्डोज १० होम संस्करणका लागि ११९.९९ डलर तथा विन्डोज १० प्रो संस्करणका लागि १९९.९९ डलर तिर्नुपर्छ । यी दुबै संस्करण आउँदो अगष्ट ३० सम्ममा डाउनलोडका लागि उपलब्ध नहुने हुनाले पनि डिभिडी वा युएसबी ड्राइभमार्फत इन्स्टल गर्नु एउटा उपयुक्त विकल्प हुनसक्छ ।

यसको मतलब यदि जुलाई २९ मै मलाई विन्डोज १० चलाउन मन लाग्यो भने नयाँ कम्प्युटर किन्नुको विकल्प छैन ?

खासमा कुरा यहीँ नै हो ।

मेरो कम्प्युटरलाई विन्डोज १० मा अपग्रेड गर्दा भएका फाइलहरु नष्ट हुन्छन् ?

होइन नी । वास्तविक डाउनलोड तथा इन्स्टल प्रक्रिया विन्डोज अपडेट पद्धतिमा हुन्छ । त्यसैले पूरानो अपरेटिङ सिस्टम हुँदा तपाइँको कम्प्युटर जे जे फाइल थिए विन्डोज १० मा अपडेट हुँदा पनि यथावत हुनेछन् । तर विन्डोज मिडिया प्लेयर लगायतका केही पूराना विन्डोज प्रोग्रामहरु भने विन्डोज १० मा हुनेछैनन् ।

विन्डोज १० लन्च गर्नका लागि माइक्रोसफ्टले केही विशेष गर्दैछ की ?

२० वर्षअघि विन्डोज ९५ लन्च गर्दाजस्तो मास मार्केट विज्ञापन तथा मिडिया आतंक यो पाला हुनेछैन । तर माइक्रोसफ्ट स्टोरहरुले भने विशेष कार्यक्रम गर्नेछन् अमेरिकाभर । त्यसैले यदि तपाइँ न्युयोर्कमा हुनुहुन्छ, जुलाई २९ मा अरु कुनै काम छैन र गार्डेन सिटी माइक्रोसफ्ट स्टोरमा पुग्नुभयो भने विश्वकप च्याम्पियन खेलाडि एब्बी वाम्ब्याचलाई भेट्न सक्नुहुन्छ । आइफोन रिलिज हुँदाजस्तो किन्नका लागि रातभर लाइन भने हुनेछैन ।

विन्डोज १० मा केही समस्या आएर टेक सपोर्ट चाहियो भने के गर्ने ?

माइक्रोसफ्टका प्रवक्ताका अनुसार माइक्रोसफ्ट आन्सर डेस्क, विन्डोज डट कम तथा सपोर्ट डट माइक्रोसफ्ट डट कम मार्फत विन्डोज १० प्रयोगकर्ताका समस्याको समाधानको प्रयास हुनेछ । त्यसका साथै माइक्रोसफ्ट स्टोरमा पनि आन्सर डेस्क हुनेछन् । त्यहाँ तपाइँले आफ्नो कम्प्युटर नै ल्याएर सोधपुछ गर्न सक्नुहुन्छ र उनीहरुले विन्डोज १० इन्स्टल गर्न समेत सहयोग गर्नेछन् ।

केही होसियारी अपनाउनुपर्ने कुरा छन् की ?

विन्डोज १० निकै नयाँ छ अहिले, त्यसैले क्रेताहरु सचेत बन्नुपर्ला । प्रारम्भिक संस्करण परीक्षण गर्नेहरुले पनि यसमा थुप्रै कमजोरी तथा बगहरु फेला पारेका छन् । विन्डोज १० सँगै आउने माइक्रोसफ्ट एज ब्राउजरले ब्राउजर एक्स्टेन्सन सपोर्ट गर्दैन । त्यसैले तपाइँ अलिक बढि सचेत नै हुनुहुन्छ भने विन्डोज अपडेटका लागि केही समय पर्खिँदा नै राम्रो होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment