Comments Add Comment

एक्लो राँगो यसरी जित्यो मृत्युलाई, पाँचवटा सिंहलाई कसरी दियो माथ ?

baffelo and laion (1)

उमेर छिप्पिएको जंगली राँगो समूहबाट एक्लिने बित्तिकै भोकाएका सिंहहरु सजिलै आहारा बनाउन सकिने निधो गरी एकसाथ धावा बोले । पाँचवटा शक्तिशाली सिकारीको त्यो आक्रमण थेग्नु र जिउँदै उम्किनु सायद असम्भव थियो । तर त्यो साहसी भैँसीले हिम्मत हारेन र शत्रुसँग आत्मसमर्पण गरेन । अन्ततः लडाइँ जित्यो, आफ्नो पिठ्युँमा चढिसकेका सिंहलाई झट्कारेर भुइँमा झार्यो अनि विजयी मुद्रामा पानीमा कुँद्यो ।

दक्षिण अफ्रिकाको लन्डोलिजी गेम रिजर्भमा भएको पाँचवटा सिंह र एउटा राँगोबीचको भयानक युद्धको दृश्य हो यो । फोटोग्राफर प्राइभेट गाइडको रुपमा कार्यरत बाइरोन सेराओले यो दृश्य खिचेका हुन् ।

‘बिहान झण्डै नौ बजेको थियो । निकै शितल र सुन्दर बिहानी थियो । सिंहहरुले भैँसीको समूहलाई तितरवितर पारे र बुढो राँगोलाई एक्लाउन सफल भए’, फोटोग्राफर त्यो क्षणको सनसनीपूर्ण ब्याख्या गर्छन् ।

baffelo and laion (2)

सिंहहरुले उसमाथि आक्रमण गरे । उसको पिठ्युँमा चढे, उसलाई ढलाउनका लागि धेरैपटक खुट्टामा समेत आक्रमण गरे, तर उसले हारेन । राँगोले जबरजस्ती गर्यो ।

आफ्नो पिठ्युमा एउटा सिंह चढेकै थियो । घेरिरहेका अन्य सिंहलाई सिङ देखाएर तर्साउँदै फुत्त नजिकैको नदिमा पस्यो । आफु ढाडमा चढिरहेको अवस्थामा राँगो नदिको गहिराइतर्फ जान थालेपछि ढाडमा चढेको सिंह पनि डरायो अनि राँगोको ढाड छाडेर भाग्यो ।

केही बेरपछि उक्त साहसी भैँसीले आफ्नो बथान फेला पार्यो । ऊ सामान्य घाइते बनेको छ ।

baffelo and laion (3) baffelo and laion (4) baffelo and laion (5) baffelo and laion (6) baffelo and laion (7)
baffelo and laion (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment