Comments Add Comment

विश्वकी पहिलो टेष्टट्युब बेबीको सनसनीपूर्ण खुलासा, आफु जन्मिँदा आमाबुवालाई के के भयो ?

first testyoub baby

विश्वकी पहिलो टेष्टट्युब बेबी लुइस ब्राउनको उमेर ३७ वर्ष भयो । बेलायतको ओल्डह्याम जेनेरल हस्पिटलमा सन् १९७८, जुलाई २५ मा जन्मिएकी लुइस ब्राउनको जन्म विश्वको चिकित्सा इतिहासमा ऐतिहासिक कोशेढुंगा थियो । उनको जन्मले विश्वमा धेरैलाई खुसी तुल्यायो । तर टेष्टट्युब प्रविधिबाट पहिलोपटक सन्तानलाभ प्राप्त गर्ने लुइसका आमाबुवा लेजले तथा जेान ब्राउनले बधाइ मात्र पाएनन् ठूलो आक्रोस, असन्तोष तथा बेइज्जती पनि खप्नुपर्यो । आखिर के त्यस्तो भयो लुइसका बाबु आमालाई ? लुइसले यस बारेमा सनसनीपूर्ण खुलासा गरेकी छिन् ।

लुइसका अनुसार उनी जन्मेलगत्तै उनका बुवाआमालाई कोही असन्तुष्ट व्यक्तिले घृणायुक्त शव्दहरु समावेश गरिएको रगतले लतपतिएको चिठी पठायो ।

उनको जन्मले वास्तवमा विवाद सिर्जना गर्यो । खासगरी धार्मिक नेताहरुले मानिसको जन्ममा कृत्रिम हस्तक्षेपको विरोध गरे । कतिपयले भने विज्ञानले नक्कली बच्चाहरुको सिर्जना गर्ने भन्दै चिन्ता व्यक्त गरे । यद्यपि त्यसपछि अहिलेसम्म यो प्रविधिबाट लाखौँ बच्चा जन्मिइसकेका छन् ।

जुलाई २५ मा ३७ औँ जन्मोत्सव मनाएकी लुइसले आफ्नो आत्मकथा प्रकाशित गर्दैछिन् । अर्को महिना उनको आत्मकथा ‘माइ लाइफ एज दी वल्र्डस् फस्ट टेष्टट्युब बेबी’ प्रकाशित हुनेवाला छ । उक्त किताबले उनले आफ्नो जन्मका कारण कसरी एकसाथ सार्वजनिक रुपमा वाहवाही तथा विरोध सिर्जना भयो भन्ने कुराको बारेमा चर्चा गरेकी छिन् ।

first testyoub baby 2

उनका अनुसार उनको जन्मपछि उनको परिवारमा लगातार ठूलो संख्यामा हुलाकबाट चिठीपत्रहरु आउन थाले । जसमध्ये एउटा पोकोमा रातो झोलले भिजेको चिठी, फुटेको टेष्टट्युब तथा प्लास्टिकको भ्रुण थियो । चिठीमा निकै घोचपेचको शैलीमा गालीगलौज तथा निन्दायुक्त शव्दहरु लेखिएको थियो ।

लुइस भन्छिन्, ‘एउटा पोको आयो । लुइस ब्राउस, टेष्टट्युब बेबी बि्रस्टोल, इंगल्याण्ड ठेगाना लेखिएको थियो । त्यो अमेरिकाको सनफ्रा न्सिस्कोबाट पठाइएको रहेछ । त्यसलाई खोलेर हेर्दा आमाले गहना राख्नेजस्तो बक्स फेला पार्नुभएछ जसमा एउटा स्टिकरमा बच्चाको पाइताला जस्तो चित्रको साथै टेष्टट्युब बेबी लेखिएको थियो ।’

तर लुइसकी आमाले त्यो बक्स खोलेर हेर्दा त्यहाँ पत्रपत्र कागज रहेछन्, सबै रगतले लतपतिएका । एउटा रगतले लतपतिएको कागजमा त टेष्टट्युब बेबी वारेन्टी कार्ड लेखिएको रहेछ । त्यसका साथै एउटा टंकण गरिएको बुकलेट पनि रहेछ । जसमा एउटा सन्देश यस्तो थियो, ‘तिम्रो टेष्टट्युब बेबीलाई ट्वाइलेटमा वा माछाको ट्यांकमा हालिदेउ ।’
असन्तुष्ट मानिसहरुको त्यस्तो व्यवहार निकै डरलाग्दो तथा दुखलाग्दो रहेको भन्दै उनले त्यसबाट आफ्नी आमालाई परेको पीर कति होला ? भनेर प्रश्न गर्छिन् ।

तर यस्ता डरलाग्दा कोसेली मात्र होइन, धेरै निसन्तान महिलाहरुले बधाइ दिँदै लुइसकी आमालाई उपहार समेत पठाएका रहेछन् त्यसबेला । धेरैले चिठीमा सन्तान नहुनुको आफ्नो पीडा पनि व्यक्त गर्दा रहेछन् ।

अहिले दुइ सन्तानकी आमा बनिसकेकी लुइस आफ्ना श्रीमान र सन्तान सहित बेलायतको बि्रस्टोलमा बसोबास गर्दै आएकी छिन् र उनी निकै खुसी छिन् ।

विश्वमा अहिलेसम्म लुइसजस्तै ६० लाख टेष्टट्युब बेबीको जन्म भैसकेको छ र लाखौँ दम्पतिहरुले सन्तानलाभ प्राप्त गरिरहेका छन् ।

आगामी अगष्ट १ मा प्रकाशित हुने लुइसको आत्मकथाबाट अझ धेरै रोचक कहानीहरु पढ्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment