Comments Add Comment

उपाधिका लागि नेदरल्याण्ड र स्कटल्याण्ड भिड्ने

Scotland

१० साउन, काठमाडौं । टी–२० विश्वकप छनोट क्रिकेटको उपाधिका लागि आज नेदरल्याण्ड र स्कटल्याण्ड भिड्ने भएका छन् ।

फाइनल खेल नेपाली समय अनुसार बेलुकी सात बजेपछि हुनेछ । स्कटल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो भने नेदरल्याण्ड २००८ मा आयरल्याण्डसँग संयुक्त रुपमा विजेता बनेको थियो ।

शनिबार राति भएको सेमिफाइनल भिडन्तमा साविकको विजेता आयरल्याण्डलाई ५ विकेटले हराउँदै नेदरल्याण्ड उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा स्कटल्याण्डले हङकङलाई ५ विकेटले पराजित गरेको थियो ।

आयरल्याण्डले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य नेदरल्याण्डले १८ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेदरल्याण्डका बेन कुपरले ४३ र पिटर ब्रोनले नटआउट ३६ रनको योगदान दिए । आयरल्याण्डका केभिन ओ’ब्रायनले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । आयरल्याण्डका केभिन ओ’ब्रायनले ३३ र एन्डी बालब्रिनीले ३१ रनको योगदान दिए ।

नेदरल्याण्डका भुखारीले चार तथा टिम भान डेर गोग्टन र पलर भान मिकेरेनले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment