Comments Add Comment

टी-२० विश्वकप छनोट क्रिकेटमा आयरल्याण्ड तेस्रो

Ireland

१० साउन, काठमाडौं । वर्षाले खेल हुन नसकेपछि आयरल्याण्ड टी-२० विश्वकप छनोट क्रिकेटमा तेस्रो भएको छ ।

तेस्रो स्थानका लागि आइतबार हङकङ र आयरल्याण्डबीचको खेल थियो । तर, निर्धारित समयको ३ घन्टासम्म कुर्दा पनि वर्षाका कारण खेल हुन सकेन र आयरल्याण्डलार्इ तेस्रो घोषणा गरिएको छ ।

आयरल्याण्ड समूह एको शीर्ष स्थानमा रहँदै अघिल्लो चरण पुगेको थियो भने हङकङ चौथो भएको थियो ।

पछिल्लो दुई संस्करणको उपाधि जितेको आयरल्याण्ड सेेमिफाइनलमा नेदरल्याण्डसँग पराजित भएको थियो । हङकङ भने स्कटल्याण्डसँग स्तभ्द भएको थियो ।

आयरल्याण्ड र हङकङ टी-२० विश्वकपका लागि छनोट भइसकेका छन् । आयरल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै विश्वकपका लागि छनोट भएको हो भने हङकङले अफगानिस्तानलाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment