Comments Add Comment

महिलाको छातीबाट ड्रग्स लिएको भिडियो काण्डपछि लोर्डको राजीनामा

Lord Sewel

१० साउन, काठमाडौं । बेलायतको माथिल्लो सदन हाउस अफ लड्र्सका उपाध्यक्ष लोर्ड स्यूलले राजीनामा दिएका छन् ।

उनीविरुद्ध प्रहरीले छानविन सुरु गरेको छ । द सनले हालै सार्वजनिक गरेको एक भिडियोमा लोर्डले एक यौन व्यवसायीको वक्षमा ५ पाउण्डको नोटमा ड्रग्स लिएको देखिएको थियो ।

उनले संसदको विशेषधिकार समितिबाट पनि राजीनामा दिएका छन् । हाउस अफ लड्सका स्पिकर बारोनेस डिसुजाले स्युलको व्यवहार अस्वीकार्य भएको बताए ।

लोर्ड टोनी ब्लेयरको सरकारमा स्कटल्याण्ड मामिलाका मन्त्री थिए । उनी सन् १९९६ देखि हाउस अफ लड्र्सका सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment