Comments Add Comment

रोनाल्डो युनाइटेड फर्कने सम्भावना छैन : भान हाल

Ronaldo

११ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेड का प्रशिक्षक लुइस भान हालले क्लबका लागि अझै आक्रामक स्टार फुटबलर चाहिएको बतएका छन् । तर, उनले क्रिष्टियानो रोनाल्डो वल्र्ड ट्रफड फर्कने सम्भावना अस्वीकार गरेका छन् ।

पोर्चुगलका रोनाल्डोले युनाइटेडमा ६ वर्ष बिताए । तर, २००९ मा कीर्तिमानी ८० मिलियन पाउण्डमा रियल मड्रिड गए । बेला बेला उनले युनाइटेड फर्कने चाहेको चर्चा पनि नभएको होइन ।

प्रशिक्षक भान हालले भने–‘बार्सिलोनासँग लिओनल मेस्सी, नेयमार र लुइस स्वरेज छ । हामीले पनि त्यस्तै खेलाडी खोजेका छौं ।’

म्यानचेष्टर युनाइटेडका समर्थकहरु रोनाल्डो क्बलमा फर्किएको हर्न चाहन्छन् । तर, डचम्यानले भने–त्यो सम्भव छैन ।’

म्यानचेष्टर युनाइटेडले एन्जल डि मारियालाई पेरिस सेन्ट जर्मेनलाई बेच्दैछ भने बार्सिलोनाका पेड्रोलाई भित्र्याउने प्रयास गरेको छ । गोलकिपर डेभिड डि जिया रियल मड्रिड जाने तयारीमा रहेकाले अर्जेन्टिनाका सर्जिओ रोमेरोलाई भित्र्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment