Comments Add Comment

रणबीरसँग घुम्दा निकै रमाइलो भयोः कट्रिना

ranabir katrina

मुम्बई । सुटुक्क घुम्न गएका घटनालाई सकेसम्म लुकाउँथे रणबीर कपुर र कट्रिना कैफ । यतिसम्म कि मिडियामा तस्बिर सार्वजनिक भइसक्दा समेत हाम्रो भेटघाटै भएको छैन भन्न समेत पछि पर्दैन थिए उनीहरु ।

अहिले रणबीर र कट्रिनाले अहिले घुमफिरमा गएको कुरा हाकाहाकी भन्न थालेका छन् । पछिल्लो पटक कट्रिनाले रणबीरसँग छुट्टी मनाउन गएको स्वीकारिनन् मात्रै निकै रमाइलो भएको पनि बताईन् । चलचित्र ‘फैन्टम’को अडियो रिलिजको अवसरमा संवाददाताले पुरानो प्रश्न दोहोर्‍याउँदै सोधे कटि्रनालाई । तपाई र रणबीरको बिहे कहिले हो ?

कट्रिनाले बिना हिच्कचाहट जवाफ दिइन् । तत्काल बिहे गर्ने कुनै योजना छैन । तर, भर्खरै रणबीरसँग गएको होली डे ट्रिप निकै रमाइलो भयो ।’

बलिउडमा रणबीर-कट्रिनाको बिबाहको हल्ला चलेको दुई वर्ष बढी भइसक्यो । रणबीरले कट्रिनालाई औठि दिएको समाचार पूरानो भैसक्यो भने उनीहरु अहिले सँगै बस्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment