Comments Add Comment

दुनियाका अनौठा ५ कानून

Divorce-3

केही देशहरुमा निकै अचम्मका नियम कानूनहरु हुन्छन् । यस्ता कानूनहरुको बारेमा सुन्दा नै हाँसो उठ्ने मात्र होइन की त्यस्ता कानूनको पालना कसरी होला भन्ने प्रश्न पनि उठ्छ । यिनमा केही कानूनहरु त दशकौँ पूराना पनि छन् र आजसम्म पनि बदलिएका छैनन् । केही विचित्र कानून भएका ५ देश यस्ता छन्-

श्रीमतीको जन्मदिन भुल्नेलाई जेल- सामोआ भन्ने देशमा यस्तो अनौठो कानून छ । त्यहाँ पत्नीको जन्मदिन भुल्नुलाई अपराध ठहर गरिन्छ । कोही पुरुषले यदि पहिलोचोटि आफ्नी श्रीमतीको जन्मदिन भुलेको हो भने त्यसलाई चेतावनी दिइन्छ । यदि उसले यस्तो गल्ती फेरि दोहोरायो भने त्यसलाई जरिवाना वा जेल सजाय दिइन्छ । त्यसैले जो श्रीमतीहरु आफ्नो लोग्नेले बारम्बार जन्मदिन भुलेका कारण हैरान हुन्छन् उनीहरुले लोग्नेलाई लिएर सामोआ घुम्न जानुपर्ने देखिन्छ ।

रातको दशबजे पछि ट्वाइलेटमा फ्लस गर्न नपाइने- सुन्दैमा अनौठो, अपत्यारिलो तथा असम्भव लाग्नसक्छ । तर स्विजरल्याण्डको कानून अनुसार त्यहाँ रातको १० बजेपछि ट्वाइलेट फ्लस चलाउनु गैरकानूनी हुन्छ । रातको १० बजेपछि फ्लस चलाउँदा ध्वनी प्रदुषण हुने ठहर कानूनले गरेको छ जसका कारण छिमेकीलाई डिस्टर्ब हुन्छ । साँच्ची कसैलाई मध्यरातमा दिसाले चेँप्यो भने के गर्ने होला ? भलै यो कानूनको पालना सायदै होला ।

विजुलीको बल्ब फेर्न पनि अनुमति पत्र- घरमा विजुलीको चिम बिगि्रयो भने नयाँ किनेर आफैले ल्याएर फेर्छौँ हामीले । चिमको मात्र के कुरा, जाने र सकेसम्म सबैखाले विजुलीका काम गर्छौँ । विजुली मिस्त्री बोलाएर पैसा खर्च नगर्ने बानी हुन्छ सम्भव भएसम्म । तर अस्ट्रेलियामा भने अनौठो कानून छ । त्यहाँ फ्युज गएको विजुलीको बल्व फेर्न समेत लाइसेन्सवाला इलेक्टि्रसियन्स गुहार्नु पर्छ । लाइसेन्स नभएकाहरुले विजुलीको सामान्य भन्दा सामान्य काममा समेत हात हाल्ने अधिकार छैन ।

जहाँ डिभोर्स माग्ने अधिकार नै छैन – फिलिपिन्स दुनियाको एउटा यस्तो देश हो जहाँ अहिलेसम्म सम्बन्ध विच्छेदको लागि कुनै कानून छैन । विवाह पछि पति पत्नी अलग हुनसक्छन् तर डिभोर्सको कानूनी प्रावधान भने छैन । चाहे तपाइँ आफ्नो वैवाहिक सम्बन्धबाट धेरै पीडित किन नहुनुस् डिभोर्स लिनु असम्भव छ । भ्याटिकन सिटीमा पनि सम्बन्ध विच्छेदको कानूनको अभाव छ । त्यसैले दम्पतीहरुबीच कानूनी सम्बन्ध विच्छेद हुँदैन ।

संसदमा मर्नु गैरकानूनी- बेलायतको संसदमा मर्नु गैरकानूनी हो । संसदभित्र मर्ने मानिसको मृत्युपर्यन्त समेत सबै संसदीय अधिकार रद्ध हुन्छन् । यदि कोही व्यक्ति निकै विरामी छ र तत्कालै मर्ने सम्भावना छ भने उसलाई तुरुन्तै बाहिर निकालिन्छ । संसद राजकीय स्थान भएकाले त्यहाँ मर्ने व्यक्ति राजकीय अन्त्येष्टिको पात्र मात्र हुने ठम्याइ कानूनको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment