Comments Add Comment

ओएनएफ नर्वेले बुझायो मस्यौदामा सुझाव

nerbey

नर्वे । प्रवासी नेपाली मंच नर्वेले संविधानको मस्यौदामा सुझाव पठाएको छ । राजधानी ओस्लोस्थित एङ्कर होस्टेलमा एक कार्यक्रमको आयोजना गरी सुझाव लिइएको थियो । उक्त कार्यक्रममा मंचका पदाधिकारी लगायत अन्य नेपाली, नेपाल भाषी, विद्यार्थी एबम् बुद्धिजिवीको उपस्थिति रहेको थियो । मंचका तर्फवाट सचिव विश्वास बजगाईंले महासचिव सन्तोष पौड्यालले तयार पारेको सुझाव कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यपत्रमा नेपाली आमावाबुबाट जन्मेको नेपालीले आमावाबु वा कुनै एकको उपस्थितिमा बंशजका आधारमा नागरिकता पाउनुपर्ने, गैरनेपाली नागरिकलाई दोहोरो नागरिकताको अधिकार दिन नहुने, पूर्णप्रेस स्वतन्त्रताको प्रत्याभूति यो संविधानले दिलाउनुपर्ने जस्ता कुरासमेत उल्लेख गरिएको छ ।

सुझावपत्रमा माध्यमिक तहसम्म शिक्षा अनिवार्य र निःशुल्क एबम् उच्च माबिसम्म निःशुल्क बनाउनुपर्ने, राष्ट्रपति, उप-राष्ट्रपति, प्रधानमन्त्री लगायतको निर्वाचनको लागि उमेरको हदबन्दी नतोक्ने बरु कम्तिमा स्नातक सम्मको शैक्षिक योग्यता तोकी सक्षम युवा नेतृत्वलाई प्रोत्साहन गर्नुपर्ने माग छ ।

यस्तै, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अलंकारिक राष्ट्रपति निर्वाचित गर्नुपर्ने, सर्वोच्च अदालतलाई नै संविधानको ब्याख्या गर्ने अधिकार प्रदान गरिनुपर्ने आर्थिक र प्रशासनिक दृष्टिकोणले संबैधानिक अदालतको आवश्यकता नभएको लगायतका सुझाव समाबेस गरिएको छ ।

प्रदेसहरुको नामांकन र सिमांकन गर्दा भौगोलिक र संस्कृतिक पहिचानलाई महत्व दिनुपर्ने तर जातीय आधारमा संघ वा प्रदेशको निर्माण गर्न नहुने, नेपाललाई धर्म निरपेक्ष नभई धार्मिक स्वतन्त्र राष्ट्र बनाइनुपर्ने, धर्म परिवर्तन गर्न बाध्य पर्नेलाई कडा कारवाही गरिनुपर्ने सुझाव उक्त कार्यपत्रमा समाबेस गरिएको छ ।

यस्तै, कार्यपत्रमा बलात्कार, बोक्सी जस्ता लैंगिक अपराधीलाई आजीवन कारावासको व्यवस्था एबम् बिधवा एबम अन्तरजातीय विवाहलाई संबिधान सम्मत प्रोत्साहनको व्यस्था गरिनुपर्ने कुरा उल्लेेख गरिएको थियो ।

मंचका अध्यक्ष अमरबहादुर सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संकलित सुझावपत्र नेकपा एमाले केन्ऽिय कार्यालय र संबिधानसभा सचिवालय पठाइएको प्रवासी नेपाली मंच नर्वेका महासचिव सन्तोष पौड्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment