Comments Add Comment

बाहुबलीका नायकले मोदीलाई भेटे

CK2FAWtUYAA0No6

मुम्बई । हाल चर्चामा रहेको चलचित्र ‘बाहुबली’ का नायक प्रभाषले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । ३५ वर्षीय यी अभिनेता आफ्ना काका अभिनेता कृष्णम राजुको साथमा मोदीलाई भेटन गएका थिए । त्यसो त प्रधानमन्त्री मोदीले ट्वीटरमा एउटा तस्वीर पोष्ट गर्दै लेखेका छन् । ‘आज बाहुबली स्टार प्रभाषसँग भेट भयो ।’

तस्बिरमा मोदीले प्रभाषलाई पछाडीपवाट धाप मारेको स्पष्ट देखिन्छ । एउटा प्राचिन साम्राज्यका लागि दुई भाईविच भएको द्धन्द्धलाई मुख्य विषय बनाईएको यस चलचित्रले अहिलेसम्म ३५० करोड भन्दा धेरै कमाई गरिसकेको छ । एसएस राजामौलिको निर्देशन रहेको उक्त चलचित्र १० जुलाईमा रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment