Comments Add Comment

दीपकराज भन्छन् ‘गगन बाहेक अरु कांग्रेसी कामै छैन’

deepakraj-giri

काठमाडौं । संविधानको मस्यौदमा सुझाब दिने क्रममा विभिन्न स्थानमा जम्मा भएका सर्वसाधारणले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुन्न पाउनुपर्ने माग राखे । तर, नेपालको ठूलो दल नेपाली कांग्रेसले भने जनताले प्रत्यक्ष कार्यकारी चुन्न पाउने सम्भावनालाई खारेज गर्ने निर्णय गरेपछि काँग्रेसको वारेमा टिप्पणी गर्नेहरु बढेका छन् ।

कलाकार दीपकराज गीरिले ब्याङ्ग्य गर्दै भनेका छन् ‘कांग्रेसले प्रत्यक्ष निर्वाचनवाट कार्यकारी छानिने जनताको चाहना बिरुद्ध जाने निर्णय गरेर सही काम गर्‍यो । किनकी कांग्रेसले आफ्ना सबै सिद्धान्त अरुमा बिलय गरिसक्यो ।’

काँग्रेस अहिले भर्खर गाउँवाट शहर पसेर पिज्जा खान नजानेर गिजा पालेको एउटा केटोको अवस्थामा पुगेको टिप्पणी गर्दै दिपक भन्छन ‘एक दुई जना गगन बाहेक अरु धेरै कसैका कृपाले राजनितीमा लागेका छन् ।’

कोही बीपीसँग हिंडेको कारण मात्रै नेता भएको टिप्पणी गर्दै उनले कोहीलाई कांग्रेसको नेता हुन दक्षिणवाट आशिर्वाद पनि प्राप्त हुने गरेको उनको बुझाइ छ । सबै भन्दा महत्वपूर्ण कुरा अहिले कांग्रेसमा गगन बाहेक प्रत्यक्ष चुनाब जित्नसक्ने मान्छे नै छैन । दीपक भन्छन ‘प्रत्यक्ष चुनाब भएपछि जितिन्न भनेर पनि यो प्रणाली मान्दैनन् हाम्रा कांग्रेस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment