Comments Add Comment

चितवन यूवा समुह कतारमा कार्कीकै निरन्तरता

chitwan group doha

दोहा । चितवन युवा समुह कतारको अध्यक्षमा पुनः भूमीराज कार्कीलाई नै निरन्तरता दिइएको छ । संस्थाको दोहास्थित सिटी प्लाजामा भएको १३ औ साधारणसभाले कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

साधारणसभाले उपाध्यक्षमा समीर खत्री, महासचिवमा सुरेष परियार, सचिवमा प्रकाश अर्याल र कोषाध्यक्षमा गोकुल तिमिल्सिनालाई चयन गरेको छ । नयाँ कार्यसमितिको सदस्यमा नविन गुरुङ्, बद्री पौडेल, कुमार गुरुङ्ग, सुमन भारती, कवीराज सुबेदी, किशोर केसी, सन्तोष घिमिरे र मधु श्रेष्ठ चयन भए ।

गैरआवासीय नेपाली संघका सल्लाहकार नरेन्द्र भाटको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाको सभापति संस्थाका अध्यक्ष भुमिराज कार्की रहेका थिए ।

कार्यक्रममा संस्थाका संरक्षक सागर नेपाल, बुद्धिजिवी कमलमणि गुरागाईँ, बुद्धिजिवी बिल गुरुङ्ग, जनसम्पर्क समितिका धिरज राई, प्रवासी नेपाली मन्चका रामहरी गैरे, जनप्रगतिशील मन्चका सनीकुमार वली, नेपाल पत्रकार महासंघ कतार शाखाका मोहम्मद अजिज अली लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिती थियो ।

कार्यक्रममा चितवन यूवा समुह कतारकोबारेमा चर्चा गर्दै संस्था भित्रका कमिकमजोरीहरुलाई सुधार गरी अघाडी बढ्नुपर्ने वक्ताहरुले सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment