Comments Add Comment

आलोकको अन्तिम चलचित्र अमेरिकामा

ajai-pani-poster
नेपालमा समिक्षकको राम्रै तारिफ पाएको चलचित्र ‘अझै पनि’ अमेरिकाका विभिन्न राज्यमा प्रदर्शनमा आउने भएको छ । अगस्ट १५ मा अमेरिकाको नेब्रास्कामा प्रदर्शन हुन लागेको यो चलचित्रको अन्य शोहरु पनि पक्का भएको छ ।

अगस्ट १५ मै ओमाहामा पनि यो चलचित्र प्रदर्शन हुनेछ । यी दुई स्थानमा हुने प्रदर्शनको जिम्मा एनएनएस सोसाइटीले लिएको छ । यो चलचित्रलाई अमेरिकाभर देखाउने जिम्मा भने राज आचार्यले लिएका हुन् ।

पूनम इन्टरटेन्मेन्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा तयार भएको यो चलचित्रलाई पूनम गौतम र सुदर्शन थापाले मिलेर तयार पारेका हुन् । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले नारी संवेदना र सिन्दुर पोतेको कथालाई देखाउन खोजेको छ । यो चलचित्र निर्माण सकेपछि निर्देशक आलोक नेम्वाङको निधन भएको थियो ।

नेपालमा व्यापारिक रुपमा सामान्य रहेपनि सर्वत्र तारिफ पाएकाले पनि अमेरिकाका दर्शकले यो चलचित्र प्रतिक्षा गरेको निर्मात्री पूनम गौतम बताउँछिन् । विदेश प्रदर्शनका लागि चलचित्रको नयाँ पोष्टर पनि तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment