+
+

किसान लघुवित्तको आइपिओमा १ सय ५८ गुणा बढी आवेदान

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ११ गते ९:०३

IPO-Logo११ साउन, काठमाडौं । किसान माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयरमा मागभन्दा १ सय ५८ गुणा बढी आवेदन परेको छ ।

अछाम जिल्ला कार्यक्षेत्र भएको कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ८० लाख रुपैयाँ बराबरका ८० हजार कित्ता सेयर निष्काशन गरेको थियो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले १ अर्ब २६ करोड रुपैयाँ बराबरको माग परेको जनाएको छ ।

न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको थियो ।

साधारण सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी २ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७१/०७२ को चैत मसान्तसम्ममा कम्पनीले २५ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?