Comments Add Comment

उपल्लो मुस्ताङमा चार सय अवैध चिनियाँ मोटरसाइकल

११ साउन, मुस्ताङ । उपल्लो मुस्ताङमा करिब ४ सय अवैध चिनियाँ मोटरसाइकल सञ्चालन भइरहेका छन् ।

Chinese-Motorcycleसरकारी निगरानी नहुँदा लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, सुर्खाङ र घमी गाविसमा वर्षौंदेखि त्यस्ता मोटरसाइकल सञ्चालनमा रहेको पाइएको हो ।

सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय सदरमुकाम केन्द्रित हुँदा कोरला नाकाबाट ती मोटरसाइकल भित्रिएको स्थानीयको भनाइ छ ।

उपल्लो मुस्ताङ र चिनियाँ व्यापारीबीच वर्षको दुईपटक आयोजना हुने व्यापारी मेलामा भन्सार शुल्क नतिरी स्थानीयले घोडा बेचेर ती मोटरसाइकल खरिद गरेको पाइएको सीमा प्रशासन कार्यालय लोमान्थाङका प्रमुख कृष्णराज ढकालले जानकारी दिए ।

सरकारले गत असार महिनामा सीमा प्रशासन र भन्सार कार्यालय दुवै सञ्चालनमा ल्याएपछि अवैध मोटरसाइकललाई कानुनी प्रक्रियामा ल्याउने पहल सुरु भएको प्रमुख ढकालको भनाइ छ ।

‘त्यसका लागि स्थानीयवासीसँग पहिलो चरणमा छलफल गरेको छौँ, सरकारी निकाय नहुँदा यसो भएको भनेर उहाँहरुले पनि भन्नुभएको छ’ प्रमुख ढकालले भने- ‘भदौ २२ गतेभित्र हामीले यो काम गर्नेछौँ ।’

भन्सार शुल्क तिर्न नपर्ने भएपछि स्थानीयवासीले आफूले वर्षौंदेखि प्रयोग गर्दै आएका घोडा बेचेर मोटरसाइकल खरिद गरेका थिए ।

उपल्लो मुस्ताङमा कालीगण्डकी करिडोरअन्तर्गत सडक विस्तार भएसँगै ती मोटरसाइकल भित्रिएको प्रशासनले जनाएको छ ।

भदौ २२ गतेपछि पनि त्यस्ता मोटरसाइकल नबुझाए प्रहरीले नियन्त्रणमा लिने लिलाम प्रक्रियामार्फत कानुनी दायरामा जाने प्रमुख ढकालको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment