Comments Add Comment

४१ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा, कति देला बोनस ?

१ साउन, काठमाडौं । सानिमा बैंकले ४१ प्रतिशतले नाफा बढाएको छ । आर्थिक वर्ष २०७०/०७१ मा ४२ करोड ७५ लाख रुपैयाँ कमाएको बैंकले आव २०७१/०७२ मा ६० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

sanimaबैंकको खुद व्याज आम्दानी ३२ करोड रुपैयाँले बढेपछि नाफा बढेको हो । अघिल्लो वर्ष ८१ करोड ८७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले गत वर्ष १ अर्ब १३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

यस अवधिमा बैंकको निक्षेप १० अर्ब रुपैयाँले बढेर ३४अर्ब रुपैयाँ पुगेको छ भने कर्जा ८ अर्ब रुपैयाँले बढेर २८ अर्ब रुपैयाँ पुगेको सोमबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

अघिललो वर्षको तुलनामा निक्षेपमा दिने र कर्जामा लिने व्याज अन्तर (स्प्रेड) पनि घटेको छ । २०७१ असार मसान्तमा ४.३५ प्रतिशत रहेको स्प्रेड दर ०७२ असार मसान्तमा ३.९५ प्रतिशतमा झरेको छ ।

अघिल्लो वर्ष ४२ करोड ४५ लाख रूपैयाँ कमाउँदा बैंकले सेयरधनीलार्इ १५ प्रतिशत बोनस सेयर दिएर चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको थियो । गत वर्ष कमाएको नाफाबाट बैंकले सेयरधनीलार्इ करिब २० प्रतिशत बोनस सेयर दिन सक्छ ।

कूल कर्जामा खराब कर्जामो मात्रा केही बढे पनि संभवत गत वर्ष पनि सबैभन्दा कम खराब कर्जा भएको वित्तीय विवरण प्रकाशित गर्ने यो पहिलो नम्बरको बैंक हुनेछ । अघिल्लो वर्ष ०.२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ०.७ प्रतिशत छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको प्रतिसेयर नेटवर्थ ७ रुपैयाँले बढेर १ सय ३४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको मूल्य आम्दानी अनुपात भने केही घटेको छ ।

बैंकहरूको लाभांसमा देखियो पुँजी बढाउनुपर्ने दबाबको असर, कसको कति ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment