Comments Add Comment

‘पीके’लाई चुनौती दिदै ‘बजरंगी भाइजान’, १० दिनमा २४० करोडको व्यापार

bajrangi-baijan-photo
कथावस्तु, बालकलाकार हर्षाली मल्होत्राको अभिनयन, कलाकार नवाजुद्दिन सिद्धिकीको कमेडी शैली र सलमान खानको स्टार पावरका कारणले ईदको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘बजरंगी भाइजान’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ ।

पहिलो हप्ता १ सय ८४ करोड कमाएको यो चलचित्रले दोश्रो साताको विकेन्डमा पनि आफ्नो कमाइलाई र्झन दिएको छैन । शुक्रबार १३ करोड, शनिबार १९.२५ करोड र आइतबार २४ करोडको व्यापार गर्दै ‘बजरंगी भाइजान’ले २ सय ४० करोडको व्यापार गरेको छ । यो कमाई भारतीय बक्स अफिसमा सलमान खान अभिनित चलचित्रमध्ये आज सम्मकै सवैभन्दा धेरै व्यापार हो । यसअघि सलमान अभिनित चलचित्र ‘किक’ले २ सय ३२ करोड कमाएको थियो ।

कमाइको आँकडामा निरन्तर अगाडि बढेको यो चलचित्रले ३ सय करोड छुने त पक्का जस्तै देखिएको छ । यतिमात्र होइन, अब बक्स अफिसमा यसले गतबर्ष प्रदर्शनमा आएको आमिर खान अभिनित चलचित्र ‘पीके’को लाइफटाइम रेकर्डलाई नै चुनौती दिएको विश्लेषण गर्न थालिएको छ ।
यही आँकडालाई कायम राखेको खण्डमा यो चलचित्रले ‘पीके’को व्यापारलाई उछिन्न अनुमान गरिएको छ ।

बलिउडमा आजसम्म धेरै व्यापार गर्ने चलचित्र ‘पीके’ हो । ओभरसिजमा पनि यो चलचित्रले राम्रो कमाई गरेको छ । यसले भारत बाहिर ९४.२९ करोडको व्यापार गरेको छ । आइतबारसम्म यो चलचित्रले विश्वभरबाट ३३५ करोड नेट व्यापार गरेको छ ।

सलमान खानले पहिलो पटक आफ्नै ब्यानरमा निर्माण गरेको यो चलचित्रले उनको झोली भरिदिएको छ । चलचित्रलाई कविर खानले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment