Comments Add Comment

फ्रेस फेस : काम गराउँछु भन्दै आश्वासन दिने मात्र छन् : सम्पदा(भिडियोसहित)

sampada singh_1
नेपाली मोडलिङ तथा चलचित्र क्षेत्रमा स्टार बन्ने सपना बोकेर दैनिक सयौं यूवायूवती आउँछन् । बाहिरबाट हेर्दा ठूलै तमकझमक देखिने यो क्षेत्रमा यस्ता सपना बोक्नु नौलो कुरा पनि होइन । तर, देखिएका सपना पुरा गर्न कत्ती गाह्रो हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ ।

केही म्यूजिक भिडियोमा काम गरेकी मोडल सम्पादा सिंह पनि यस्तै सपना बोकिरहेकी छिन् । उनी चलचित्र क्षेत्रमा नायिका बन्न चाहेको बताउँछिन् । हुनत, यो क्षेत्रमा आउँने धेरैलाई यसको भित्री कुरा थाहा हुँदैन । जसका कारण उनीहरु आउँछन् र सपना पुरा नहुँदै निराश भएर अर्कै गन्तव्यमा लाग्छन् ।

सम्पदासँगको भिडियो कुराकानी यहाँ हेर्नुहोस्

म्यूजिक भिडियोमा कुरा नआउँदासम्म यो क्षेत्रमा रुची नभएकी सम्पदा अहिले भने नायिका बन्ने सोच राख्छिन् । हुनत, भोलीका दिनमा भाग्यले जता डोर्‍याउँछ उतै लम्किने सोच छ उनको ।

चलचित्र क्षेत्रमा आएर नायिका प्रियंका कार्की जस्तै बन्ने लक्ष्य छ उनको । नायक आर्यन सिग्देलको अभिनयबाट प्रभावित यी मोडलले उनीसँग काम गर्ने इच्छा राखिन् ।

नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा आश देखाउनेहरु धेरै भएको सम्पदाको अनुभव छ । सुरुमा आशा देखाउने र पछि सम्पर्कमा नै नआउने उनले बताइन् । कस्ता-कस्ता प्रस्ताव आउँदा रहेछन् त, सम्पदाले भनिन्-‘अरु त भाग्यले मैले केही पनि भोगेको छैन । भोलीका दिनमा के हुन्छ थाहा छैन ।’

जनकपुरकी सम्पदालाई यो क्षेत्र चिनाउने चाहना छ । यो क्षेत्रबाट मोडलिङ र चलचित्र क्षेत्रमा कोही पनि नआएकाले आफू अगाडि बढेर जनकपुर चिनाउने चाहना उनले राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment