Comments Add Comment

एक वर्षभित्र सिम्रिकले ३ वटा हेलिकप्टर ल्याउँदै

Simrik-Helicopter

११ साउन, काठमाडौं । सिम्रिक एयरले तीनवटा नयाँ हेलिकम्पटर खरिद गर्ने भएको छ । यसका लागि सिम्रिकले फ्रान्सको एयरबस हेलिकप्टर्स कम्पनीसँग सम्झौता गरेको छ ।

सिम्रिकले एयरबसद्धारा निर्मित दुईवटा अत्याधुनिक प्रविधियुक्त एच-१३० (इसी-१३०) र एउटा एच-१२५ (एएस ३५० बी३ई) मोडल खरिद गर्ने भएको हो । हेलिकम्टर खरिद गर्ने विषयमा सिम्रिक एयरका अध्यक्ष क्या. रामेश्वर थापाले एयरबस हेलिकप्टर्स कम्पनी सिंगापुरसँग सम्झौता गरेका छन् ।

सम्झौता अनुसार एच-१२५ एक महिनाभित्र नेपाल आइपुग्ने सिमि्रक एयरले जनाएको छ । त्यस्तै, एच-१३० मोडलको पहिलो हेलिकम्टर ६ महिना र दोस्रो ९ महिनाभित्र सिम्रिक एयरलाई हस्तान्तरण गरिने भएको छ ।

तीनवटै हेलिकप्टर उच्च हिमाली दृश्यावलोकन, राहत तथा उद्धार एवं विकाश निर्माणको काममा बढी उपयोग हुने विश्वास सिम्रिक एयरले लिएको छ ।

सिम्रिकले खरिद गर्न लागेको एच-१३० हेलिकप्टर नेपालमा पहिलो पटक भित्रिन लागेको अत्याधुनिक हेलिकप्टर हो । पाइलटसहित ८ सिट क्षमता भएको यस हेलिकप्टरमा वातानुकुलीत क्याविन छ ।

यो हेलिकप्टर पर्यटकीय सेवाको लागी विशेष उपयुक्त हुने गरि निर्माण गरेको कम्पनीको दाबी छ । विशेष खालको टेल रोटर जडित यो हेलिकप्टर आएपछि नेपाली हेलिकप्टर सेवामा नयाँ आयाम थपिने कम्पनीको विश्वास छ ।

simrik helicopters 2

सिम्रिक एयर विगतमा पनि नयाँ अत्याधुनिक बी३ई हेलिकप्टर भित्राउने पहिलो नेपाली विमान कम्पनी हो । उक्त हेलिकप्टरहरु पर्यटन, राहत तथा उद्धार विकास निर्माण लगायतका काममा प्रयोग भइरहेका छन् ।

एस३५० बी३ई हेलिकप्टरबाट पाएको विश्वस्नीय सफलताले नयाँ अत्याधुनिक हेलिकप्टर भित्राउने प्रेरणा मिलेको कम्पनीको भनाई छ । कम्पनीका अनुसार भरपर्दो, सुरक्षित तथा सिट क्षमता वढि भएको उच्च हिमाली क्षेत्रमा सहजै उडान तथा अवतरण गर्ने र सिलिङ कार्गो बढी भार वहन गर्ने नयाँ हेलिकप्टरका विशेषता हुन् ।

सिम्रिक एयरले २०५८ सालदेखि एमआई-१७ रसिएन हेलिकप्टरबाट उडान सुरु गरेको थियो । स्वदेशी तथा विदेशी पर्यटक, ट्राभल एजेन्सी, विभिन्न सरकारी एवं गैरसरकारी संस्था तथा व्यक्तिहरुले सिम्रिक हेलिकप्टर प्रयोग गर्दै आएका छन् ।

सिमि्रक एयरले युरोकप्टर फ्रान्सद्धारा निर्मित थप एउटा हेलिकप्टर एक महिनाभित्र ल्याउने जनाएको छ । सिम्रिकसँग बी३ई २ वटा, इसी-१३० २ वटा र बी२ एउटा गरी ५ वटा हेलिकप्टर यसै वर्षभित्र सञ्चालनमा आइसक्नेछन् ।

यी हेलिकप्टरहरु मार्फत सिम्रिक एयरले स्वदेशी तथा विदेशी यात्रुलाई हेलिकप्टर यात्रा, धार्मिकस्थल दर्शन, पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण, उच्च हिमाली पर्वतीय दृश्यावलोकन, विकाश निर्माण समाग्री ढुवानी, हेलिस्की, पुष्पवृष्टि, फोटोग्राफी, फिल्मीङ्ग तथा उच्च हिमाली भेगमा राहत तथा उद्धार कार्यमा लगाउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment