Comments Add Comment

हुने भयो ‘मिस टीन प्लस टू’

miss-teen-plus-2
हप्तैपिच्छे विभिन्न नाम दिएर हुने गरेका सौन्दर्य प्रतियोगिताका कारण नेपालमा यसको क्रेज घट्दै गएको छ । अहिले कुन सौन्दर्य प्रतियोगिता कहिले भयो भन्ने कमैले मात्र थाहा पाउँछन् । तर, पनि विभिन्न नाम दिएर सौन्दर्य प्रतियोगिता हुन भने छाडेका छैनन् ।

एसएलसी दिएर बसेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने भन्दै आधा दर्जन भन्दा बढी प्रतियोगिता भए । अब, यो मेलो प्लस टूमा पनि सरेको छ । स्टार वन इन्टरटेन्मेन्ट प्रालीले प्लस टू अध्ययन गरिरहेका किशोरीहरुविच सौन्दर्य प्रतियोगिता गर्न लागेको छ । साउन २० गते काठमाण्डौको राष्ट्रिय नाँचघरमा यो प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा सहभागी किशोरीहरुलाई पूर्ण छात्रबृत्ती, विदेशमा अध्ययनका लागि निःशुल्क प्रक्रियाको ब्यबस्था, आईटीएल/टोफेलको अध्ययनको ब्यबस्था मिलाइएको आयोजकले जनाएको छ ।

यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा रेणु सुवेदी, जस्मिन माझी, श्रेया आचार्य, देवयानी श्रेष्ठ, अश्मिता रिजाल, झरना लुईंटेल, पूजा श्रेष्ठ, सुचना कोइराला, सपना श्रेष्ठ, मनिता भुजेल, वर्षा सुब्बा, लुना लुईंटेल, सुदीक्षा भट्टराई, रजनी रावत, ओजश्वी जोशी, निक्की थापा र जिया मल्ल सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment