Comments Add Comment

पुर्णिमा बैंकको सञ्चालन नाफा सवा ७ करोड

सलमान खान
११ साउन, भैरहवा । पुर्णिमा विकास बैंकले गत आार्थिक वर्षमा ७ करोड २७ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३१.३४ प्रतिशत बढी हो ।

Purnima lgoगत वर्ष बैंकले हकप्रद शेयर जारी गरी कूल चुक्ता पुँजी १६ करोड ३६ लाख २५ हजार रुपैयाँ पुर्‍याएको छ । बैंकले शेयर प्रिमियम रकम ३७ लाख १० हजार रुपैयाँ थप आर्जन गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङका अनुसार कूल कर्जा १ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ, कुल निक्षेप १ अर्ब ७९ करोड रुपैयाँ, निस्त्रिmय कर्जा ०.२१ प्रतिशत तथा कुल ग्राहक संख्या ३५ हजार पुगेका छन् ।

बैंकको पुँजी कोष १४.३२ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ६८.५१ प्रतिशत रहेको बैंकका प्रबन्धक नारायण अधिकारीले बताए ।

रुपन्देही सदरमुकाम भैरहवामा मुख्य कार्यालय रहेको र तिन जिल्ला कार्य क्षेत्र रहेको बैंकले हाल ७ वटा शाखा कार्यालयबाट बैकिङ्ग सेवा दिईरहेको छ ।

बैंकले मोबाईल बैकिङ्ग सेवालाई थप प्रभावकारी बनाउन ग्राहक अभिमुखीकरण कार्यक्रम सञ्चालनमा ल्याएको छ । चालु बर्षमा चितवन जिल्लामा थप १ शाखा कार्यालय शिघ्र सञ्चालनमा ल्याउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment