Comments Add Comment

आन्तरिक राजस्वको भैरहवामा क्षति पुर्नस्थापना केन्द्र

Bairaha-Tax-office
सलमान खान

११ साउन, भैरहवा । आन्तरिक राजस्व कार्यालय भैरहवामा क्षति पुर्नस्थापना केन्द्र (डिसास्टर रिकभरी सेन्टर) स्थापना गरिएको छ । अर्थ मन्त्रालयका राजस्व सचिव नवराज भण्डारी र जर्मन राजदुतावासका कामु राजदुत ज्याक्लिन ग्रोथले संयुक्त रुपमा केन्द्रको उदघाट्न गरे ।

प्राकृतिक प्रकोप लगायत विविध कारणले करदाताको सुचना नष्ट हुने सम्भावना रहेको हुँदा यसलाई मध्येनजर गरेर क्षति पुर्नस्थापना केन्द्र स्थापना गरिएको आन्तरिक राजस्व कार्यालय भैरहवाले जनाएको छ ।

यसको अर्को फाइदा कागजी काम न्युनीकरण गर्ने, प्रशासनको सक्षमता तथा प्रभावकारीता बढाउने पनि रहेको आन्तरिक राजस्व कार्यालय भैरहवामा प्रमुख कर अधीकृत महाराजा प्रसाद कोइरालाले बताए ।

एकै स्थानमा मात्र केन्द्र राख्दा प्राकृतीक तथा अन्य कारणले क्षती पुगेमा सेवा रोकिने सम्भावनालाई ध्यानमा राखेर बिभागले गत बर्ष देखी काठमाडौ बाहिर पनि केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

सोही अनुरुप भुकम्प लगायतका कारणबाट कम जोखिममा रहेको भैरहवामा केन्द्र स्थापना गरीएको हो । नेपाल जापन राजस्व प्रशासनको सहयोगमा स्थापना गरिएको केन्द्रको नियन्त्रण कक्ष राजस्व विभाग काठमाडौमा रहेको छ ।

करदाता र कर्मचारी सम्मानित

यसैबीच सोमबार पुर्नस्थापना केन्द्र उद्घाटनको अवसर पारेर आन्तरिक राजस्व कार्यालय भैरहवाले उत्कृष्ट करदाता र कर्मचारीलाई पनि सम्मान गरेको छ ।

गत आर्थीक बर्षमा सबैभन्दा बढी आयकर बुझाउने वित्तिय संस्था सिद्धार्थ फाइनान्स, पर्यटन क्षेत्रमा बुद्धमाया गार्डेन, व्यक्तिगत क्षेत्रतर्फ कृष्ण नेत्रालय, एस के खाद्य उद्योग नवलपरासी, उद्योग क्षेत्रतर्फ गोयन्का फुड्स प्रालिलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ ।

यस्तै कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै कार्यालयकी नायव सुब्बा मधु रानालाई पनि नगद सहित पुरस्कृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment