Comments Add Comment

एनसीसी र एनबी बैंक गाभ्न मर्जर कमिटि छिट्टै

Ncc-n-nb१२ साउन, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) र नेपाल बंगलादेश (एनबी) बैंक गाभ्न छिट्टै मर्जर कमिटि गठन हुने भएको छ ।

यी दुई बैंकबीच यसअघि नै मर्जरको छलफल भए पनि गत असार ३० गते सम्पन्न एनसीसी बैंकको विशेष साधारणसभाले व्यवस्थापन समितिलाई मर्जरको जिम्मा दिएपछि मर्जर कमिटि गठन गर्न लागिएको हो ।

‘निकट भविष्यमै मर्जर कमिटि गठन गरिने छ’ राष्ट्र बैंकले एनसीसीको सुधारका लागि पठाएको व्यवस्थापन समितिका संयोजक शिवनाथ पाण्डेलेे अनलाइखबरसँग भने -‘हामी जतिसक्दो चाँडो एनसीसीलाई मर्ज गराएर नयाँ सञ्चालक समितिलाई सुम्पिएर फर्किन्छौं ।’

लगानीकर्ताको समुह एउटै भएकाले नेपाल बंगलादेश बैंक (एनबी) सँग मर्जरको छलफल गरेको उनले जानकारी दिए । दुबै बैंकमा एनबी समूहको लगानी छ । एनबी बैंकमा ९ प्रतिशत र एनसीसी बैंकमा करिब २० प्रतिशत सेयर एनबी समूहको छ ।

बैंकका मूख्य लगगानीकर्ता एनबी समूह र निर्मल प्रधान समूहबीच सञ्चालक समितिमा एकले अर्कोलाई निषेध गरेकाले बैंक समस्यामा परेपछि १५ महिनाअघि राष्ट्र बैंकले सञ्चालक समिति ‘टेकओभर’ गरी सुधारको प्रक्रिया सुरु गरेको थियो ।

सुरुमा ६ महिनाका लागि टेकओभर गरेको राष्ट्र बैंकले तीन पटक समयावधि थपिसकको छ । बैंकलाई मर्जर गराउन राष्ट्र बैंकले अझै केही महिना एनसीसीलाई आˆनो नियन्त्रणमै राख्नेछ ।

साधारणसभाले ३८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी सेयरधनीलाई ४० प्रतिशत लाभांस दिने व्यवस्थापन समितिको प्रस्ताब पनि पारित गरेको छ ।

एनसीसी बैंकको साधारणसभाले ३८ प्रतिशत बोनस सेयर पनि पारित गरेको थियो । बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २ अर्ब २ करोड रुपैयाँ पुगेको छ । यसअघि चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ थियो ।

एनबी बैंकको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ छ । दुई बैंक मर्ज भएपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी ४ अर्ब ४५ करोड रुपैयाँ पुग्ने छ । आर्थिक वर्ष २०७२/०७३ को मौदि्रक नीतिमार्फत आगामी दुई ावर्षभित्र वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने भएपछि लुम्बीनी बैंकले पनि एनसीसीसँग मर्जरको प्रस्ताब गरेको स्रोतले जानकारी दियो ।

तर, लुम्बीनी बैंकका सीइओ शोहनदेब पन्त भने औपचारिकरुपमा कुनै कुरा नभएको बताउँछन् । ‘यो बेलामा कुन चै बैंकले मर्जरको कुरा गरेका छैनन् होला र ?’ पन्तले भने- एनसीसी बैंकसँग अनौपचारिक कुरा भएको हो । औपचारिकरुपमा कुनै गफ भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment