Comments Add Comment

जयश्री पुल भाँचियो, नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

JayaShree-Bridge

राजेन्द्र आचार्य

११ साउन, चितवन । नवलपरासीको गैंडाकोटस्थित जयश्री खोलाको पुल भाचिदा नारायणगढ-बुटवल सडकखडक अवरुद्ध भएको छ ।

साँझ ६ बजे पुल भाँचिएपछि गाडीहरु बिचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । पुल लच्किएपछि सवारी साधनबाट आवत जावत गर्न रोक लगाइएको छ ।

सो पुल दुई बर्ष अघि पनि भाँचिएको थियो । तर, राम्रोसँग मर्मत नगर्दा फेरि पनि भाँचिएको स्थानीयको भनाइ छ ।

डाइभर्सन बनाएर यातायात सन्चालन गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

JayaShree-Bridge

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment