Comments Add Comment

जुनियर जुडोमा फुपुलाई कांस्य

११ साउन, काठमाडौं । वल्र्ड र्‍याङकिङ इभेन्टअन्तर्गत जेयुए क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा नेपालकी फुपु ल्हामु खत्रीले कांस्य जितेकी छन् ।

मकाउमा जुलाई २४ देखि २६ तारिखसम्म भएको च्याम्पियनसिपको राउन्ड रोविन लिगमा फुपुले चाइनिज ताइपेईंकी टी. पानलाई पराजित गर्दै कांस्य जितेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । फुपुले महिलाको ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

त्यसमा स्पर्धामा नेपालसहित चार राष्ट्रका खेलाडी सहभागी थिए । मंगोलियाकी खेलाडी पहिलो र चीनकी खेलाडीले दोश्रो स्थान हात पारे ।

यसअघि हङकङमा जुलाई १७ देखि १८ तारिखसम्म भएको सोही च्याम्पियनसिपअन्तर्गत फुपुले रजत जितेकी थिइन् । अध्यक्ष वज्राचार्यका अनुसार फुपु र प्रशिक्षक ओलम्पियन देबु थापा बुधबार स्वदेश फर्किदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment