Comments Add Comment

रविभक्तको सभापतित्वमा महासंघमा अनुसाशन समिति गठन

Rabibhakta-sherestha११ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा सात सदस्यीय अनुसाशन समिति गठन भएको छ ।

समितिको सदस्यहरुमा पद्य ज्योति, सभापति, राष्ट्रिय व्यवसायिक पहल, कुशकुमार जोशी, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य, नेउवामहासंघ, रोहिणी थपलिया, पूर्व उपाध्यक्ष, नेउवामहासंघ, जगदीशप्रसाद अग्रवाल, पूर्व महासचिव, नेउवामहासंघ, म्बिका श्रेष्ठ, अध्यक्ष, द्धारिका होटल र गान्धि पण्डित, संस्थापक अध्यक्ष, गान्धि एण्ड एशोसिएट रहेका छन् ।

अनुसाशन समितिका काम कर्तव्य तथा अधिकारमा महासंघको विधान, नियमावली, आचारसंहिताको पालना भए नभएको, कुनै पनि किसिमको विवादित विषयहरुको साथै अन्य विषय सम्वन्धमा पर्न आएका विषय वस्तुहरु वारे छलफल गरी समितिको राय सुझाव सहितको प्रतिवेदन कार्यकारिणी समितिमा प्रस्तुत गर्ने रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment