Comments Add Comment

नेपाली भूमिको कुलो भारतीयले भत्काएपछि ठोरीमा गाउँलेबीच झडप

१२ साउन, वीरगन्ज ।  नेपाली भूमीबाट बगेको कुलो भारतीयले जबरजस्ती भत्काइ दिएपछि पर्साको ठोरीमा सोमबार दिनभर नेपाली र भारतीय बिच झडप भएको छ।

नेपाल भारत बिचको सीमामा रहेको ठुटे खोलाको कुलोको पानीको विषयमा विवाद हुदा भारतीयहरुले नेपाली भूमी भित्रै पसेर नेपालीमाथि आक्रमण गरेका हुन्।भारतीयहरुको आक्रमणबाट एक जना प्रहरी जवान सहित चार जना गम्भिर घाइते भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

घाइते हूनेहरुमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी जवान नन्द लाल महत्तो , पर्सा निर्मलवस्ती २ घर भएका नेपाल प्रहरीका भुपु हवल्दार नारायण प्रसाद पाठक , निर्मलवस्ती १ रामनगरका चन्द्र बहादुर मिजार र त्यही ठाँउका तिलक बहादुर बस्नेत रहेका छन्।

उनीहरु मध्ये प्रहरी जवान महत्तोको टाँउको फुटेको र उनलाइ थप उपचारका लागि चितवनको भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक ध्रुब बहादुर श्रेष्ठले जानकारी दिए। ठुटे खोला क्षेत्रमा सोमबार बेलुकी सम्म भारतीयहरुले ढुंगामुढा गरेको स्थानीय रामशरण लामिछानेले बताए।

सीमा पारिको भीखना ठोरीमा रहेका भारतीय सीमा सुरक्षा बल एसएसबीको बेस क्याम्पका सुरक्षाकर्मीहरुको आडमा भारतीयहरुले नेपालको सीमा क्षेत्रमै पसेर नेपालीहरु माथि आक्रमण गरेको लामिछानेले बताए। एसएसबीले बन्दुक ताकेर बसे , अनि भारतीयले अन्धाधुन्द ढुङगा बर्साए, उनले भने ।

नेपाली भूमीमा रहेको ठुटे खोलामा तीन वटा कुलो छ । तीन वटा कुलो मध्ये दूइ वटा कुलो भारतको एकवा र भवानीपुरका किसानले तथा बाँकी अर्को कुलो पर्साको निर्मलवस्ती गाविसको नयाँवस्ती,रामनगर र बुद्धनगरका किसानहरुले प्रयोग गर्दै आएका छन्।

लामो समय देखिको खडेरीका कारण धान रोप्न नपाएपछि निर्मलवस्तीका किसानले शनिवार भारत तर्फ बगेको कुलो थुनेर आफनो गाँउ तर्फ फर्काएका थिए । त्यसकै निहुमा भवानीपुरका भारतीयहरुले आइतवार भारतको जमुनियाबाट किनमेल गरेर घर र्फकदै गरेका निर्मलवस्ती र ठोरीका चार जना नेपालीलाइ कुटपिट गर्दै सामान खोसेपछि विवाद शुरु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment