Comments Add Comment

धुम्रपान र सुर्तीसेवनबाट बर्सेनि २६ हजारको मृत्यु

smoking

  • धुम्रपान स्वास्थ्यका लागि हानीकारक छ ।

१२ साउन, काठमाडौं । नेपालमा धुम्रपान र सुर्तीसेवनबाट बर्सेनि  २६ हजारभन्दा बढीको ज्यान जाने गरेको छ । नेपाल अर्बुद रोग निवारण संस्थाको सोमबार राजधानीमा गरेको कार्यक्रममा यो जानकारी दिइएको हो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार सन् २०२० सम्ममा धुम्रपान र सुर्तीसेवनबाट मृत्यु हुनेको संख्या ८४ लाख पुग्नेछ । विश्व स्वास्थ्य संगठनका अनुमानमा १५ वर्षपछि अर्थात सन २०३० मा मृत्यु हुनेको संख्या एक करोड पुग्ने नयाँ पत्रिकामा खबर छ ।

डब्लुएचओका अनुसार २५ वर्षअघि धुम्रपान र सुर्तीसेवनबाट संसार भर वाषिर्क ३० लाख मानिसको मृत्यु भएको थियो भने १७ वर्षअघि ४० लाख र १२ वर्षअघि ५० लाखको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment