Comments Add Comment

कलामका विचारले समाजलाई उन्नति र प्रगतिको पथमा लैजान्छ : प्रधानमन्त्री

१२ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भारतीय पूर्वराष्ट्रपति अब्दुल कलाम हाम्रा बीचमा नरहे पनि उनको सर्वकालीन बिचारले हाम्रो समाजलाई उन्नति र प्रगतिको पथमा लैजाने बताएका छन् । कलामको निधनले अाफू मर्माहत भएको कोइरालाले बताएका छन् ।

PM-sandeshकलामको निधनको शोकमा एक शोक बक्तव्य जारी गरी प्रधानमन्त्री कोइरालाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार र समस्त भारतीय जनतामा  हार्दिक समवेदना व्यक्त गरेका छन् ।

सोमबार साँझ जारी गरेको शोक कक्तव्यमा कोइरालाले भनेका छन्-‘संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतलाई वैज्ञानिक क्षेत्रमा उन्नति र प्रगतिको मार्गमा हिडाउन उहाँले गर्नुभएको योगदान अविश्मरणीय रहने छ । उहाँको निधनबाट भारतले मुलुकको उन्नति र प्रगतिप्रति सदा समर्पित पूर्व राष्ट्रपति र वैज्ञानिक गुमाएको छ । नेपालले एक असल मित्र गुमाएको छ । मैले एक श्रद्धेय एवं आदर्श व्यक्तित्व सदाको लागि गुमाएको छु ।’

८४ वर्षका कलामको सोमबार भारतको सिलोङमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment