Comments Add Comment

यी हुन् वर्षमा एक जनालाई विदेश पठाउने मेनपावर !

नारायण पंगेनी
१२ साउन, काठमाडौ । नेपालका मेनपावर कम्पनी अचम्मका छन् ! कुल ७५८ वटा मेनपावर कम्पनीमध्ये केही त्यस्ता छन्, जसले एक वर्षमा एकजनालाई मात्रै विदेश पठाउँछन् ।

Baidesik-Rojgar-Bibhag2वैदेशिक रोजगार विभागले निकालेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/०७२ मा एक जनामात्रै कामदार विदेश पठाउनेमा ४ वटा मेनपावर कम्पनी छन् ।

थापा इम्प्लोइमेन्ट सेक्युरिटी सर्भिस, सत्यवती ओभरसिज, हेभी ओभरसिज र नेपाल बिजनेस लिंकले एक वर्षमा एक/एक जनालाई मात्रै विदेश पठाएका छन् ।

त्यस्तै, एक वर्षमा दुईजना कामदार मात्रै विदेश पठाउने दुईवटा मेनपावर कम्पनी छन् । भेरी एण्ड कर्णाली इन्टरनेशनल र इमेराल्ड इन्टरनेशनल कन्सल्टेन्सीले दुई/दुईजना कामदार विदेश पठाएका छन् ।

रिजा ओभरसिज इम्प्लोइमेन्टले वर्षभरिमा तीनजना कामदार मात्रै विदेश पठाएका छन् भने फष्ट स्टेप हृयूमन रिसोर्स र फेल्कोन इन्टरनेशनलले आव ०७१/०७२ मा चारजना कामदारलाई विदेश पठाएका छन् ।

यसैगरी एचपीआई ग्लोबल नेपाल ओभरसिज र एएमबी हृयूमन रिसोर्सेजले वर्षभरिमा ५/५ जना कामदारमात्रै वैदेशिक रोजगारीमा पठाएका छन् ।

बढी कामदार पठाउनेमा एसओएस
एसओएस म्यानपावरले भने आर्थिक वर्ष २०७१/०७२ मा सबैभन्दा बढी कामदार विदेश पठाएको छ । गत वर्ष पनि एसओसएस म्यानपावरले नै सबैभन्दा बढी कामदार विदेश पठाएको थियो ।

एसओएस म्यानपावरले गतसाल बैशाखदेखि ०७२ असारसम्म ८ हजार एक सय १७ जना पुरुष र १ सय ६५ जना महिलासहित ८ हजार २ सय ८२ जनालाई वैदेशिक रोजगारमा पठाएको छ ।

एसओएस म्यानपावरका सञ्चालक सोमलाल बटाजुको स्वाइन फ्लुका कारण गत वैशाखमा निधन भएको थियो ।

त्यस्तै, रिभर ओभरसिजले ६ हजार ८ सय २५ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । प्याराडाइज इन्टरनेशनल वैदेशिक रोजगारमा कामदार पठाउनेमा तेस्रो भएको छ । प्याराडाइज इन्टरनेशनलले ५ हजार ६ सय ४ जनालाई विदेश पठाएको छ ।

विभागले निकालेको सूचीअनुसार वैदेशिक रोजगारमा नेपाली कामदार पठाउनेमा चौथो बनेको लालधनुष इन्टरनेशनल सर्भिसले ५ हजार ३ सय ३४ जनालाई पठाएको छ । इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्टले ५ हजार ३ सय ३ जनालाई विदेश पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment