Comments Add Comment

बुढापाकासँग गीतको लय खोज्दै मिलन लामा

Milan-lama

काठमाडौं । बाग्लुङतिरका बुढापाकासँग गीतकै विषयमा कुरा गर्दै थिए मिलन लामा । चीतवन रत्ननगर ६ मोहनामा बस्दै आएका लामाको प्रायः बिहान गाउँघरवाट चितवन झरेका बुढापाकाहरुसँग गीत गन्थन गरेरै बित्छ ।

‘मलाई बुढा बाहरुसँग कुरा गर्दा निकै रमाईलो लाग्छ । त्यसकारण चिया खुवाउाछु र उहाँहरुका कुरा सुन्छु ।’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने ‘चितवन आएको बेला बुढा बाहरुसँग गफ नगरी चित्तै बुझ्दैन ।’

चितवन यसै पनि ७५ जिल्लावाट आएको मान्छेको बसोबास भएको ठाउँ । पूर्वदेखि पश्चिमसम्मका भाका र लय पाउन सकिन्छ । गायक लामाको भनाई अनुसार बुढाहरु मरेर जान सक्छन् त्यसकारण उनीहरु जिउँदो छँदै उनीहरुमा भएको ज्ञान सीप अहिलेको पुस्ताले सिक्नुपर्छ ।

आफुले केही अंश भएपनि बुढापाकाको अनुभवहरु सुन्ने गरेको बताए । बुढापाकाको तीन अनुभवले आफुलाई फाईदा भएको अनुभव गरेका छन् उनले ।

माझी दाई पोखरा… जुम्ला कालीकोट …लगायतका गीतको लय बुढा पुस्तासागको कुराकानीमै भेटेको उनले बताए । उनको भनाई अनुसार गाउँघरवाट चितवन झरेका बुढाहरुले गीतको वारेमा भन्नुपर्छ भन्ने छैन । लामा भन्छन ‘गाउँघरमा उनीहरुले जे भोगे त्यही कुरा हामीलाई काम लाग्छ । गीतै सुनाउनुपर्दैन । मेलापात, अर्मपर्मवारे जानकारी दिएपनि हुन्छ ।’

गाउँसंगै लोक गीतको न्यानो सम्बन्ध भएको अनुभव गरेका लामालाई लाग्छ अग्र्यानिक लोकगीत खोज्ने हो भने अब गाउँ पस्नुको विकल्प छैन । धेरै गायक गायिकाले त्यति धेरै जाँगर नलगाएको पनि उनले बुझेका छन् । ‘अरुले जे सुकै गरुन् म गाउँमै रमाउाछु ।’ उनले भने ।


पैसा जोगाउन मोडलिङ

आफ्ना गीतमा प्राय आफैं मोडलिङ गर्ने गरेका मिलनले नृत्य हेर्नेले भन्ने गरेका रहेछन् ‘तपाईलाई ज्यानले साथ दिएको छ नाच्नुस् ।’

ऐना हेर्दा अलि अलि हो कि जस्तो पनि लाग्छ उनलाई । मोडलिङ गर्नुको गाँठी कुरा सुनाए ‘आफैंले मोडलिङ गर्नुको मुख्य उेद्देश्य चाँही मोडललाई दिने पैसा जोगाउन हो ।’

milan-lama-2

थारु संस्कृतिका जानकार

चितवनका स्थायी बासिन्दा लामा काम परे मात्रै काठमाडौं आउँछन् । उनको बसाई प्राय चितवनमै हुन्छ । थारु गाउँमा जन्मेका लामाका धेरै थारु साथीहरु छन् ।

उनले थारु भाषामा थुप्रै गीत गाएका छन् । थारु शैलिमा नाँच्छन् पनि । झण्डै लोप हुन लागेको थारु संस्कृति जोगाउन उनले निकै पहल गरेका छन् । दशक अघि उनकै पहलमा सौराहमा थारु नाँच देखाउने प्रचलन सुरु भएको थियो ।

यसरि नाँच देखाउने कार्यक्रमले दुईटा फाईदा भएको छ । पहिलो कुरा आफ्नो संस्कार जोगियो, दोस्रो कुरा यही नाँचवाट आम्दानी पनि हुने गरेको छ ।

थारु संस्कृतिका वारेमा जानकार भएपनि तामाङ संस्कृतिको वारमामा कम जानकारी भएको उनको भनाई छ ।

तीज गीत बिगारे

अझै दुई साता उनी रेकडिङ स्टुडियो नछिर्ने योजनामा छन् । उनको भनाई अनुसार अहिले तीजको गीत रेकडिङ गर्ने सिजन हो । यसकारण चेलीहरुलाई समय दिनुपर्छ ।

आजसम्म एउटा पनि तीजको गीत नगाएका लामाले कहिल्यै तीजको गीत नगाउने वाचा गरेका छन् । ‘नसकेर हैन म पनि दामी गीत गाउन सक्छु तर, तीजको गीत गाउँदिन ।’ उनले भने ।

तीजको गीतमा पुरुषहरुको सहभागीता बढ्दै गएपछि तीजको मौलिक संस्कारमाथी प्रहार भएको बुझेका छन् उनले । उनको भनाई अनुसार सकिन्छ संस्कृतिको विकास गर्नुपर्छ । सकिन्न भने पनि विनाश गर्न चाँही हुन्न ।

तर, केही पुरुषहरुले तीजको मौलिकतामा प्रहार गरेको आरोप लगाए उनले । ‘अहिले त भाई बैनी मिलेर सुन्नै नसकिने पनि गीत बनाउन थाले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment