Comments Add Comment

राहदानीबाट करिब चार करोड राजस्व

१२ साउन, बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले गत आवमा राहदानीबाट करिब चार करोड राजस्व सङ्कलन गरेको छ ।

वर्षभरिमा राहदानी बनाउने १६ हजार ३५४ जनाबाट रु तीन करोड ९० लाख ९५ हजार राजस्व उठेको हो । राहदानी बनाउने बढेसँगै सेवाबापत उठ्ने राजस्वमा पनि वृद्धि हुँदै आएको छ ।

गत आवमा नागरिकताभन्दा राहदानी बनाउने दोब्बरले बढी थिए । सात हजार ५९४ जनाले नागरिकता बनाएकामा राहदानी बनाउने दोब्बर बढी १६ हजार ३५४ छन् । द्रुत सेवाबाट आठ हजार ६०७ जना र साधारण सेवामार्फत छ हजार ९५४ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

द्रुत सेवा लिनेले रु १० हजार तिरेर काठमाडौँबाट हप्तादिनमा राहदानी लिने गरेका छन् । साधारण सेवा प्रयोग गर्नेले रु पाँच हजार दस्तुरमा ४५ दिनभित्रमा जिल्लाबाटै राहदानी पाउने गरेका छन् । अध्ययन र रोजगारीको लागि विदेश जाने क्रम बढेसँगै राहदानी बनाउने बढेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले राजस्वको ठूलो हिस्सा राहदानीबाट उठाउने गरे पनि अन्य क्षेत्रबाट पनि राजस्व सङ्कलन गर्दै आएको छ । सङ्घसंस्था नवीकरण, हातहतियार, न्यायिक, प्रशासनिक दस्तुर, बेरुजु र सरकारी सम्पत्ति बिक्रीबाट समेत राजस्व उठ्ने गरेको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment