Comments Add Comment

जसलाई विकिनीले चर्चामा ल्यायो

गर्मीयाममा खिचिएको नायिकाको तस्बिरले अली बढी चर्चा पाउने गरेको छ । हलिउडमा केही यस्ता नायिका छन् जसको बिकीनी पोजले राम्रै चर्चा पायो ।

केही तस्बिर त यस्ता पनि छन्, जसको चर्चा इन्टरनेटमा अत्याधिक भयो । नायिकाको ड्रेस, उनीहरुले दिने पोज र फोटो सुट गराएको स्थानले पनि फोटोको चर्चा हुने गर्छ । हेरौं केही चर्चित नायिकाको तस्बिर र तिनले दिएका पोजः

टुपीसमा सजिएर टाउकोमा क्याप सहित समुन्द्रको विच भागमा उभिएकी थिईन् रिहाना । उनको उक्त तस्बिरको निकै चर्चा भयो । उक्त तस्बीरमा उनको कामुक भावभंगीको तारिफ भएको थियो ।

रिहाना
रिहाना

भिक्टोरियन मोडल एड्रिना लीमाले समुन्द्रमा उभिएर दिएको पोजले राम्रै चर्चा पाएको थियो । दुई सन्तानकी आमा जेसिका अल्बाको सौन्दर्य अहिले पनि कुनै टिनएज सुन्दरीको भन्दा कम छैन । रातो बिकनीमा सुट गराएको केट हड्सनको तस्बिरले निकै चर्चा पायो । उक्त तस्बिर स्वीमीङ पुलको किनारमा सुट गरिएको थियो ।

हीडी क्लमले फोटो सुट गर्दा साथमै थिईन् उनकी छोरी पनि । गायिका ट्यालोर सिफ्टले समुन्द्रमा डुंगामाथी उभिएर दिएको पोजले पनि राम्रै चर्चा पाएको थियो एक समय ।

भण्टा रंगको बिकीनीमा नायिका हेडेन पेन्टीअरले एउटा म्यागजिनका लागि फोटोसुट गराएकी थिईन् । समुन्द्र किनारमा उभिएर फोटोग्राफरलाई पोज दिएकी हेडेनको चर्चा अहिले पनि हुने गर्छ ।

जेसिका
जेसिका

क्याथ्रिन हेगलले पनि चौरमा उभिएर फोटोग्राफरलाई बिकीनी पोज दिएकी थिईन् । हेल बेरीको बिकनी पोजकै तस्बिरले उती धेरै चर्चा पाएका कारण । उनी सामान्य ठाउँमा उभिएकी थिईन् भने उनको फोटो पोज पनि उति लोभलाग्दो थिएन ।

प्रारम्भमा मोडलिङमा सिमित थिईन् रोशी हन्टिङटन ह्वाईट्ली केही आकर्षक तस्बिर खिचाएपछि अभिनयमा प्रवेश गरेकी रोशी अहिले नायिकाकै रुपमा परिचित छिन् ।
सुन्तलारंगको बिकनी निकै सुहाउछ रे केट बिक्कीनेश्ललाई । उनले त्यही गरिन् । सुन्तला रंगको पोशाक लगाएर समुन्द्र किनारमा टहलिँदै गरेकी केटको चर्चा राम्रै भएको थियो ।

कालो बर्णकी बियोन्सेले पँहेलो रंगको बिकीनी लगाएकी थिईन् । आकर्षक फिगरकी धनी बियोन्से पँहेलो रंगमा कामुक देखिएकी थिईन् । समुन्द्र किनारमै उभिएकी मेगन फक्सले दिएको सेक्सी पोजले पनि उनलाई चर्चित हुन सघाएको थियो ।

जेसिका
जेसिका

किम कार्दार्शीनिको त कुरा गरिसाध्यै छैन । बिकनी लगाएर आईस जमेको ठाउँमा पुगेकी किमको चर्चा अहिले पनि उत्तिकै छ ।

सेक्सी कभरगर्लको उपाधि पाएकी केट अप्सनको समुन्द्री किनारमा दिएको सेक्सीपोजको चर्चा राम्रै भयो । क्यामरोन डियाज, क्रिष्टिना मिलान लगायतका नायिकाले पनि सेक्सी पोज दिएकै कारण मनग्यै चर्चा पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment