Comments Add Comment

‘भैरव’ प्रचारमा ओझेल परेपछि अनुलाई चलचित्रमा काम गर्ने इच्छा हट्यो

nikhil-and-anu
नायिका अनु शाह नेपाली चलचित्र क्षेत्रमा काम गरेपनि कमै मात्र चर्चामा आउँछिन् । उनले राम्रो काम गरेका चलचित्रमा उनी कुनै न कुनै तबरले छायाँमा परेको देखिन्छ । चलचित्र ‘आधी बाटो’मा निर्माताले जेनिशा केसीलाई अगाडि ल्याउँदा अनु पूर्ण रुपमा छायाँमा परिन् । अहिले पनि उनलाई यस्तै भएको छ । सोध्ने साथीभाईदेखि आफन्तलाई उनले चलचित्र ‘भैरव’का बारेमा खुबै कुरा गरेकी थिइन् ।

अहिलेसम्म खासै चर्चा नपाएपनि अब भने यो चलचित्रले आफूलाई माथि उठाउँछ भन्ने सोच थियो उनमा । तर, उनले सोचे जस्तो भएन । चलचित्रको पहिलो ट्रेलरमा उनको कुनै पनि दृश्य नअटेपछि अनु निराश भएकी हुन् ।

निर्देशक समेत रहेका कलाकार निखिल उप्रेतीलाई फोन गरेर उनले यो बिषयमा कुरा गरिन् । तर, निखिलले उनलाई एउटा ट्रेलर हाल्नुपर्ने ठाउँमा अर्को गएछ भन्ने जवाफ दिए । यसपछि अनुको मन मर्‍यो । उनै अनुले चलचित्र ‘भैरव’को प्रचारमा किन नहिड्नु भएको भन्ने अनलाइनखबरको प्रश्नमा मनका कुरा साटिन् । अनुको जवाफ उनकै शब्दमा :

मलाई अहिले आएर ‘भैरव’प्रति भएको उत्साह नै सकिएको छ । सबै चलचित्रमा मलाई नै छायाँमा पारिएको छ । निखिल उप्रेती जस्तो कलाकारको चलचित्रमा पनि यस्तो व्यवहार भएपछि  जीले मलाई चलचित्र क्षेत्रबाट नै मन मरेर गएको छ । जती चलचित्र गरेपनि छायाँमा नै पर्ने हो भने किन गर्नु जस्तो लाग्न थालेको छ ।

यो चलचित्रमा काम गर्दा सुरुवातमा त मलाई धेरै खुशी लागेको थियो । तर, अहिले घरमा ममी-ड्याडीदेखि साथीभाइले पनि तेरो त अनुहार नै देखिएको छैन त भन्दा मलाई के हुन्छ होला तपाई आफै भन्नुहोस् त ?

चलचित्रको पोष्टर सार्वजनिक गर्ने समयमा मलाई बोलाइएको थियो । तर, म पोखरा भएकाले आउन सकिन । यसपछि मलाई कुनै सम्पर्क गरिएको छैन । सायद, निखिल जी लामो समयपछि एक्सनमा फर्किएकाले पनि होला, चलचित्रमा यही पाटोलाई प्रमोशन गरिएको छ । भूकम्पछि सबै कलाकार राहतमा हिड्दा म चलचित्रको छायांकनमा नै व्यस्त थिएँ ।

अहिले पनि चलचित्रकै छायांकनमा व्यस्त छु । मेरो इमान्दारिताले निर्माताले पत्याइरहनु भएको छ । तर, चलचित्र गरेर त्यसको प्रतिफल पाउने समयमा ओझेलमा पारिदा किन काम गर्नु र अब भन्ने लाग्दो रहेछ । निखिल उप्रेती कुनै बेला दिनमा पोखरा, रातमा काठमाण्डौमा सुटिङ गर्ने सुपरस्टार हुनुहुन्थ्यो । यसैले कलाकारलाई चलचित्रको र प्रचारको महत्व कती हुन्छ भन्ने उहाँले वुझ्नु भएको होला । चलचित्रमा मिहिनेत गरेर काम गर्दा नि छायाँमा परिदा किन काम गर्नु भन्ने लाग्दो रहेछ । अचेल चलचित्रमा काम गर्न मन लाग्न छाडेको छ मलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment