Comments Add Comment

पकिस्तानमा बजरंगी भाइजान प्रतिबन्ध लगाउन माग

Bajrangi-Bhaijaan-Salman-Khan-1

मुम्बई । केही ब्यक्तिले पाकिस्तानमा सलमान खान अभिनित चलचित्र ‘बजरंगी भाइजान’ प्रदर्शनमा रोक लागाउनुपर्ने माग गरेका छन् । सामाजिक सञ्जालमा केही ब्यक्तिले सलमानको चर्को आलोचना गर्दै फिल्ममाथी पूर्ण प्रतिबन्ध लगाउनुपर्ने माग समेत गरेका छन् ।

सलमानमाथी गरिएको टिप्पणीलाई कतिपयले भने भारतीयहरुको चाल पनि भनेका छन् । उनीहरुको भनाई अनुसार पाकिस्तानीलाई बद्नाम गराउनका लागि उनीहरु भारतमै बसेर भारतीय फिल्म र अभिनेतालाई गाली गरिरहेका छन् । यस्ता घटनाले पाकिस्तान प्रशासनप्रति आम सर्वसाधारणलाई रुष्ट बनाउँछ ।

ट्वीटरमै कतिपयले भनेका छन् बलिउडको चरमपन्थ तुरुन्तै बन्द हुनुपर्छ । उनीहरुको भनाई अनुसार भारतमा पाकिस्तानी फिल्म प्रदर्शन हुँदैन । पाकिस्तानी च्यानलको पनि भारतमा प्रभाव छैन । केही पाकिस्तानी दर्शकको राय छ ‘हाम्रो चलचित्र पनि पाकिस्तानमा प्रदर्शन हुनुपर्छ ।’

बजरंगी भाईजानले उठाएको मुद्दाको विषयमा पनि केही दर्शकले असन्तुष्टि जनाएका छन् । विश्वभर ४०० करोडको हाराहारीमा कारोवार गरेको यस फिल्मको निर्देशन कबिर खानले गरेका हुन् । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment