Comments Add Comment

सुनको आयात ७५ प्रतिशतले घट्यो

१२ साउन, काठमाडौं । नेपाली बजारमा बहुमुल्य पहेँलो धातु सुनको आयात ७५ प्रतिशतले घटेको छ । तर, चाँदीको आयात भने ८६.६ प्रतिशतले बढेको छ ।

भर्खरै सम्पन्न आर्थिक वर्ष २०७१/०७२ को ११ महिनामा ५ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ बराबरको Goldसुन आयात भएको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले कम हो । अघिल्लो वर्षको यही अवधिमा २३ अर्ब ९७ करोड ७ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो ।

यस अवधिमा २१ अर्ब १५ करोड ४२ लाख रुपैयाँ बराबरको आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ८६.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको ११ महिनामा ११ अर्ब ३३ करोड ४१ ल्ाख रुपैयाँ बराबरको चाँदी आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सुनको मूल्य घटेपनि आयात हृवात्तै घटेको छ । पछिल्लो महिनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा सुनको मूल्य तोलाको ५० देखि ५० हजारभित्र किनबेच भएको छ । तर, अघिल्लो आर्थिक वर्षमा सुनको मूल्य ५५ माथि पुगेर किनेबच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ बताउँछ ।

नेपाली बजारमा चीनबाट अवैध रुपमा सुन भित्रिँदै आएको छ । पछिल्ला वर्षहरुमा यसले झनै तिब्रता पाएको व्यवसायीहरु बताउँछन । व्यवसायीका अनुसार भन्सार तिरेर नेपाल भित्रिने सुनभन्दा भन्सार छलेर भित्रिने सुनको परिमाण धेरै हुने गरेको छ ।

भन्सार तिरेर ल्याएको सुनभन्दा अवैध रुपमा ल्याएको सुन तुलनात्मक रुपमा सस्तो हुने हुँदा व्यवसायीहरु प्नि कालोबजारीमा संलग्न हुने गरेको प्रहरी बताउँछ । यही कारण पनि सुुनको मूल्य घट्दा घट्दै आयात ७५ प्रतिशतले घटेको हुनसक्ने आंकलन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment