Comments Add Comment

विगतका सहमति कार्यान्वयन भएपछि मात्र वार्ता : उपेन्द्र यादव

१२ साउन, विराटनगर । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जबर्जस्ती लाद्न खोजिएको अधुरो संविधान मान्य नहुने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

विराटनगरमा मङ्गलबार बिहान आफ्नो निवासमा आयोजित पत्रकार भेटघाटमा उनले सदियौँदेखि पहिचान नपाएका मधेसी, आदिवासी जनजाति, दलित, महिला र सीमान्तकृत वर्गलाई अधिकारबाट वञ्चित गरेर ल्याउन लागिएकाले त्यस्ता संविधान मान्य नहुने स्पष्ट पारे ।

उनले जनताबाट प्रत्यक्षरुपमा कार्यकारी राष्ट्रपतिको पक्षमा आफ्नो पार्टीले विगतमा सुझाव दिएको जानकारी गराए ।

विगतमा मधेसी, आदिवासीलगायतसँग गरेका सम्झौता कार्यान्वयन गरेपछि मात्र चार दलसँग वार्ताको औचित्य हुने उल्लेख गर्दै अध्यक्ष यादवले ती सहमति र सम्झौतालाई उल्टाउनका लागि वार्ता नगरिने बताए ।

अध्यक्ष यादवले संविधानसभाको अधिकारलाई कटौती गरेको उल्लेख गर्दै एकात्मक न्यायपालिका स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

संविधानसभाबाट राजीनामा गर्ने सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले संविधानसभामा कडारुपमा प्रस्तुत हुने तर राजीनामा गर्ने विषयमा अहिले कुनै निर्णय नभएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment