Comments Add Comment

‘फेसियल हाउस’ उद्घाटनमा झरना, खोलिन् सुन्दरताको राज

gharana-thapa-uthghatan
नायिका झरना थापाले काठमाण्डौको चाबहिलमा ‘फेसियल हाउस’को नयाँ शाखाको उद्घाटन गरेकी छिन् । उनले शाखाको सफलताको पनि शुभकामना दिइन् ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि व्यस्त नायिका थापाले आफ्नो सुन्दरताको पनि कुरा गरिन् । उनले दैनिक ६ लिटर भन्दा धेरै पानी पिउनु र नियमित योगा गर्नु नै आफ्नो सुन्दरताको राज भएको बताइन् । उनले तनावबाट मुक्त भएको खण्डमा पनि मानिस फिट रहने बताइन् ।

नायिका थापा, नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धर, व्यूटिसियनहरुको छाता संस्था एवीसी ह्याण्डकी अध्यक्ष सीता पाठकले यो शाखाको उद्घाटन गरेका थिए ।

उद्घाटन गर्न पुगेका अतिथीहरुले मुलुकका १० हजार ब्यूटिसियनहरु यो पेशामा आवद्ध भएको बताउँदै यो पेशा सम्मानित भएको बताए ।
‘फेसियल हाउस’ काठमाण्डौ मलमा संचालित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment