Comments Add Comment

एक नायिकासँग सुशान्त र सविन, कसकी होलिन् जान्वी ?

sabin-and-janwi
निर्माता तथा निर्देशक ऋषिराज आचार्य आफ्नो प्रदर्शनमा आउन लागेको चलचित्र ‘सपना तिम्रो मेरो’बाट धेरै उत्साहित छन् । कारण, करिब ४ महिनासम्म नेपाली दर्शकले राम्रा चलचित्र हेर्न पाएका छैनन् । हलमा हिन्दी र अंग्रेजी चलचित्रको बाहुल्यता हुँदा नेपाली चलचित्रलाई माया गर्ने दर्शकले नेपाली चलचित्र हेर्न पाएका छैनन् ।

यसैले पनि निर्देशक आचार्यले आफ्नो चलचित्र ‘सपना तिम्रो मेरो’ चल्नेमा विश्वास व्यक्त गरे । साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रले २ हप्ता सोलो प्रदर्शनको अवसर पाउनेछ । sabin-janwi-and-sushant
चलचित्रमा एक्सन नायकको छवि बनाएका सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । चर्चित ब्यानरका कारण हिट भएका सविनलाई यो चलचित्रमा आफ्नै खुबीले दर्शक तान्नु पर्ने चुनौती छ । चलचित्रमा नव-कलाकार जान्वी बोहरा देखिएकी छिन् । उनका लागि चलचित्रमा अगाडि बढ्ने राम्रो बाटो बन्न सक्छ, यो चलचित्र । तर, यसका लागि यो चलचित्र चल्नुपर्ने हुन्छ ।

चलचित्र क्षेत्रमा लागेर पनि खासै सफलता पाउन नसकेका सुशान्त कार्कीले यो चलचित्रमा जान्वीलाई सविनसँग छुटाउने प्रयास गर्दैछन् । २ नायक र १ नायिकको रोचक कथामा छोटो तर राम्रो भूमिकामा अर्की कलाकार सुरजनी केसी देखिनेछिन् ।

हिन्दी चलचित्र चल्दा नेपाली चलचित्र हेर्न पनि हलसम्म दर्शक आउँछन् भनेर मख्ख परेका नेपाली चलचित्रकर्मीका लागि ‘सपना तिम्रो मेरो’को व्यापारले पनि ठूलो महत्व राख्छ । sabin-in-actiron

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment