Comments Add Comment

मापदण्डको विपक्षमा राजेश हमाल, भने-‘वितरण प्रणालीले फिल्म बनाउन सकिन’

Rajesh hamal
नेपाली चलचित्रका सर्वाधिक चर्चित नायक राजेश हमाल चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मापदण्डको विपक्षमा देखिएका छन् । उनले मापदण्डको सोच ल्याउनु नै गलत भएको बताए ।

नायक हमालले सिर्जनामा अंकुश लगाउन नहुने बताए । उनले चलचित्र क्षेत्रको सुरुवातबाट नै मापदण्ड ल्याएको भए आज कोही पनि यो क्षेत्रमा नहुने भन्दै श्रृजना गर्न सबै स्वतन्त्र हुनु पर्ने बताए । प्रजातन्त्रमा मिडिया स्वतन्त्र हुनुपर्ने भन्दै उनले श्रृजनालाई बर्गीकरणमा लैजानुपर्ने बताए ।

उनले बर्षमा कती चलचित्र बने र कती असफल भए भन्दा पनि कती चलचित्र सफल भए भन्ने बिषयमा चर्चा गर्नुपर्ने धारणा राखेका छन् । उनले नेपाली चलचित्रमा प्रदर्शन प्रणाली नै ठिक नभएको गुनासो गरे । चलचित्र क्षेत्रमा सुधार गर्नुपर्ने मुख्य कुरा नै प्रदर्शन प्रणाली भएको भन्दै उनले एउटा मेकरले चलचित्र बनाइसकेपछि ढुक्कले विश्वासका साथ प्रदर्शनको जिम्मा लगाउन सक्यो भनेमात्र चलचित्रमा लगानी वृद्धी हुने दाबी गरेका छन् ।

हमालले आफूले चलचित्र क्षेत्रमा सुरुवात गर्दा भन्दा अहिले चलचित्रमा लगानीको अनुपात घटेको बताए । उनले आफूले पनि चलचित्र बनाउने सोच बनाएको तर नेपालको प्रदर्शन शैली देखेर आट नगरेको खुलाएका छन् । तर, जिउने र मर्ने नै यही क्षेत्र भएकाले चलचित्र निर्माण कुनै दिन गरिएला भन्ने सोच हमालको छ ।
उनले हलिउड र बलिउड सबै स्टारडममा नै टिकेको बताउँदै नेपालमा पछिल्लो समय यो क्रेज खस्किएको आफूले पनि सुनेको धारणा राखेका छन् । उनको वुझाइमा व्यवसायिक चलचित्रमा सधै नै दर्शकले चिनिएका अनुहार खोज्ने गर्दछन् । स्टारडमको विकासले नै अर्को स्टारको जन्म हुने हमालको कथन छ । उनले स्टारडम शुन्य भयो भने व्यवसायिक चलचित्र नचल्ने पनि ठोकुवा गरे । फिल्मीखबर साप्ताहिकसँग कुरा गर्दै हमालले मनका कुरा सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment