Comments Add Comment

धनगढीमा गाईको शवयात्रा

१२ साउन, धनगढी । हिन्दु धर्मावलम्वीहरुले कैलालीमा एक गाईको शवयात्रासहित अन्त्येष्टि गर्दैछन् ।

धनगढी नगरपालिका ७ पटेला नजिकै रहेको सामुदायिक वनमा आइतबार धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते अवस्थामा भेटिएको एक गाईको पशु सेवा कार्यालयमा उपचारको क्रममा मृत्यु भएको थियो ।

राष्ट्रिय जनावर तथा लक्ष्मीको रुपमा पुजिने गाईको सुनियोजित ढंगले हत्या भएको भन्दै हिन्दु समर्थकहरुले मंगलबार शवयात्रासहित अन्त्येष्टि गर्न लागेका हुन् ।

लक्ष्मीनारायण मन्दिर परिसरबाट मोहना नदीसम्म गाईको शव यात्रा गरिने छ ।

विभिन्न प्रलोभनमा पारी धर्म परिर्वत गराउने गृह सक्रिय बनिरहेका बेला कैलालीमा योजनाबद्ध तवरबाट गौ हत्या हुन थालेको हिन्दु समर्थकहरुको ठहर छ । केही महिना पहिले बल्चौरमा पनि एक गाईको हत्या भएको थियो ।

हिन्दु समर्थकहरुले हिन्दु राष्ट्र घोषणा र गौ हत्यामा संलग्नलाई फाँसीको सजाय हुनुपर्ने मागसहित धनगढीमा विरोध प्रदर्शन समेत गरेका छन् । लक्ष्मीनारायण मन्दिरबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, क्याम्पस हुँदै एलएन चोक फर्किएर कोणसभामा परिणत भएको थियो ।

लक्ष्मीनारायण मन्दिरको अगुवाईमा धनगढीका हिन्दु समर्थकहरुले धर्म प्रचार बन्द गर, गौ हत्यारालाई फासी दे, हिन्दु राज्य कायम गर लगायतका नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment