Comments Add Comment

गढीमाईको पशुबलि रोक्न पूजारीको टोली भारत भ्रमणमा

१२ साउन, बारा । चर्चित गढीमाई मेलामा हुने पशुबलि रोक्ने विषयमा छलफल गर्न पूजारी मंगल चौधरीको टोली भारत भ्रमणमा निस्केको छ । टोलीले गढीमाईमा हुने बलिलाई निरुत्साहित गर्न भारतमा प्रचार-प्रसार गर्ने बताइएको छ ।

buffalos-for-Gadhimai-TEMPL

‘पुजारीसहित चारजनाको टोली दिल्ली गएको छ, उहाँहरु पटना पनि जानुभएको छ,’ गढीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहले अनलाइनखबरसँग भने, ‘माघे संक्रान्ति र होलीमा हुने राँगाको बलि हामीलाई पनि मन परेको छैन, यसलाई घटाउँदै लैजानेबारे विभिन्न संघ संस्थासँग मिलेर प्रचार-प्रसारमा लाग्ने ट्रष्टले निर्णय गरेको छ ।’

तर, ठूलो पैमानामा हुने पशु बलीलाई तत्कालै रोक्ने निर्णय गरेर यो नरोकिने साहले बताए । यसलाई विस्तारै कम गर्नका लागि नेपाल र भारत दुबै ठाउँमा जनचेतनामूलक प्रचार-प्रसार तीव्र पारिनुपर्ने उनले बताए ।

‘हामीले तत्काल निर्णय गर्दैमा यो रोकिँदैन, सबैले मिलेर प्रचार-प्रसार गर्नुपर्छ र यसलाई कम गर्दै लैजानुपर्छ,’ साहले अनलाइनखबरसँग भने, ‘पशुबलिका नाममा सधैं लफडा हुने गरेको छ, वातावरणमा दुर्गन्ध फैलने गरेको छ, यो राम्रो होइन र हामीलाई पनि मन परेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment