Comments Add Comment

सुनको भाउ घट्याे तर, उपभाेक्ताले किन्न पाएनन् !

jewllers (2)१२ साउन, काठमाडौं । पछिल्ला दिनमा सुनको भाऊ ह्वात्तै घटे पनि सुनचाँदी पसलमा ग्राहकको उपस्थिति खासै उत्साहजनक देखिएको छैन । कतिपय ग्राहकले मूल्य घटेपछि पसलमा जाँदा सुन किन्न नपाएकाे गुनासाे गरेका छन् ।

राजधानीको न्यूरोडस्थित सुनचाँदी पसलहरु सुनको भाउ घट्दा पनि लगभग सुनसान नै देखिन्छन् । तर, पसलेहरूले सुनकाे अभाव भएकाे भन्दै पथ्थरवाला सुनमात्रै किन्न पाइने बताएकाे केही उपभाेक्ताले गुनासाे पाेखे । भाउ घटेपछि केही पसलेहरूले सुन बेच्न छाडेका छन् ।

मंगलबार नेपाली बजारमा सुन तोलाको ४८ हजारमा किनबेच भइरहेको छ । गत शुक्रबार तोलाको ४७ हजार २ सयमा झरेर किनबेच भएको सुन आइतबार ८ सय रुपैयाँ बढेको थियो । त्यसपछिका दुई दिन सुनको भाऊ स्थिर छ ।

सामान्यतया भाउ घटेपछि माग बढ्नुपर्ने हो । तर, सुनको भाउ स्वात्तै घट्दा समेत बजारमा ग्राहकको संख्या झिनोमात्र देखिन्छ । ‘अझै सुनको भाउ घट्ने आशामा ग्राहकहरु रहेको देखिन्छ’ न्यूरोडका एक व्यवसायीले भने- ‘अहिले पसलमा त्यति धेरै ग्राहकहरु आएका छैनन् ।’

नेपालमा सबैभन्दा बढी सुनचाँदीको कारोबार हुने विवाहको सिजनमा हो । यसका साथै नारीहरुको महान चाड तीजमा पनि सुनको कारोबार उच्च हुने गर्छ । अहिले विवाहको सिजन पनि नभएको र तीज आउन केही समय धेरै रहेकाले सुनको कारोबार सुस्ताएको व्यवसायीको भनाइ छ ।

अन्तर्राष्ट्रिय विश्लेषकहरु अझै सुनको भाउ आरालो लाग्ने विश्लेषण गरिरहेका छन् । प्रतिऔंश सुनको मूल्य हजार डलर तल झर्ने अनुमान उनीहरुको छ । यसो भएमा नेपाली बजारमा पनि सुनको मूल्य ४४ हजारको हाराहारीमा आउने छ ।

त्यसैले सुनका ग्राहकहरु पर्ख र हेरको अवस्थामा रहेको पाइन्छ । कतिपय विश्लेषकहरु नेपालमा अहिले लगानीको उपयुक्त क्षेत्र सुन र शेयर रहेको बताइरहेका छन् । शेयरमा त लगानीकर्ताको राम्रै आकर्षण देखिएको छ । तर, सुन अझै घट्ने आशंकामा लगानी गर्न हिच्किचाएको पाइन्छ ।

त्यसो त सुनको मूल्य स्वात्तै घटेपछि सुनचाँदी पसल बन्द गर्न थालिएको छ । सुनचाँदीको हब मानिने न्यूरोडमा रहेका कतिपय सुनचाँदी पसल अहिले बन्द गरिएका छन् । कतिपय पसलेले घटेको मूल्यमा गरगहना नदिएको पनि सर्वसाधारणको गुनासो छ ।

jewllers (8)

jewllers (11)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment