Comments Add Comment

नारायणी फाइनान्सको नाफा सवा २८ करोड

१२ साउन, काठमाडौं । नारायणी नेशनल फाइनान्सले आर्थिक वर्ष २०७१/०७२ मा २८ करोड ३३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

फाइनान्सले यस अवधिमा निक्षेप संकलन २३.८९ प्रतिशतले वृद्धि भई ६ अर्ब २० करोड रुपैयाँ पुर्‍याउन सफल भएको छ । कर्जा लगानी पनि २१.२२ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

Narayani-National-Finance

आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा फाइनान्सको खराब कर्जा अनुपात ०.५९ प्रतिशतमात्र रहेको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।

फाइनान्सको चुक्ता पुँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने प्राथमिक पुँजी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

कालिकास्थानमा केन्दि्रय कार्यालय रहेको फाइनान्सको न्यूरोडमा मुख्य शाखा सञ्चालनमा रहेको छ भने चितवनको नारायणगढमा क्षेत्रिय शाखा सञ्चालनमा रहेको छ ।

फाइनान्सले काठमाडौं, तेह्रथुम र दार्चुला लगायत विभिन्न ठाउँमा गरी १३ वटा शाखाबाट कारोबार गर्दै आएको छ । चालु आर्थिक वर्षमा ५ वटा थप शाखाहरु खोल्ने योजनामा रहेको फाइनान्सले जनाएको छ ।

ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्नका लागि नयाँ प्रविधिका सुविधाहरु ल्याउन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

फाइनान्सले नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आइकान)ले साउन ६ गते प्रदान गरेको उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कारमा विकास बैंक तथा फाइनान्स कम्पनी समूहतर्फ रनर अपको उपाधी प्राप्त गर्न सफल भएको छ ।

यसअघि सेकेन्ड न्यू बीज बिजनेश कनक्लेभ एन्ड अवार्ड समारोहमा ‘द बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ दी इयर, २०१४’ अबार्डबाट समेत सम्मानित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment