Comments Add Comment

सिद्धि गाविसको विकास गर्न ४३ बुँदे कार्ययोजना

१२ साउन, भतरपुर । चितवनको विकट पहाडी गाविस सिद्धिको समग्र विकासका लागि ४३ बुँदे कार्य योजना बनाइएको छ । चेपाङ समुदायको बाहुल्य रहेको सिद्धि गाविसको लागि पाँच बर्षे कार्ययोजना अन्तर्गत ४३ बुँदे योजना अघि सारिएको हो ।

Siddhi-VDCकार्ययोजना अनुसार सिद्धि गाविसका बासिन्दालाई आयआर्जन, सीपमुलक तालिम, जनचेतना फैलाउने, सडक लगायतका भौतिक संरचना निर्माण गर्ने सपना भिलेज सोसल ईम्प्याक्ट सौराहाका अध्यक्ष धुव्र गिरीले जानकारी दिए ।

‘स्थानियहरुकै राय सुझाव सहित कार्ययोजना बनेको छ,’ गिरीले भने, ‘पाँच बर्षभित्र सिद्धि गाविसलाई नमूना बनाउँछौं ।’

तीनसाले खोरीयाको पुर्जा उपलव्ध गराउने, उच्च शिक्षासम्म निःशुल्क आवासीय सुविधा दिने, पर्यापर्टनको विकास गर्ने, सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गर्ने लगायतका योजना पनि रहेको गिरीले जानकारी दिए ।

आय आर्जनको कार्यक्रम अन्तर्गत माहुरी पालन र बजार व्यवस्थापनको तालिम गर्ने, होमस्टे सन्चालन गर्ने, धामी झाँक्रीलाई सचेतना तालिम दिने, बालविवाह बहुविवाह लगायतका सामाजिक कूप्रथा विरुद्ध होडिङबोर्ड राख्ने लगायतका योजना पनि बनाइएको छ ।

– राजेन्द्र आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment