Comments Add Comment

२४ घण्टापछि खुल्यो पूर्वपश्चिम राजमार्ग

daiversion-at-Gaindakot-Jay

१२ साउन, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलरासीको गैंडाकोटस्थित जयश्री खोलाको भाँचिएको पुल छेउँमा डाइभर्सन बनाएर यातायात सेवा सुचारु गराइएको छ ।

खोलामा ह्युमपाइप बिच्छ्याएर डाइभर्सन निर्माण गरेपछि सोमबार साँझदेखि रोकिएका यातायातका साधन झण्डै २४ घण्टापछि गन्तव्यमा लागेका छन् ।

सोमबार साँझ ६ बजेतिर पुल भाँचिएपछि नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको थियो । बाटो बन्द भएपछि यात्रुहरुको बिचल्ली भएको थियो ।

डिभिजन सडक कार्यालय बुटवलले बाटो खुलेपछि गाडीहरु चल्न थालेको जानकारी दिएको छ । डाइभर्सनबाट गुड्न पहिलो प्राथमिकता बसलाई दिइएको छ ।

तस्वीर : गोविन्द घिमिरेको फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment