Comments Add Comment

ट्रकको ठक्करबाट बालिकाको मृत्यु, आमा घाइते

१२ साउन, चितवन । पूर्वी चितवनको भण्डारामा मङ्गलबार स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ ।

अपराह्न ३ बजे हेटौंँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ९९२९ नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको बा ४१ प ७७०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमासँगै स्कुटरमा रहेकी अढाइ वर्षीया बालिका एन्जिला विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो क्रममा घाइते भएका बालिकाकी आमा इन्दिरा र स्कुटर चालक भण्डाराकी आशा श्रेष्ठको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment