Comments Add Comment

घरेलु उद्योग महासंघको टोली दिल्ली प्रस्थान

१२ साउन, काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको टोली दिल्लीतर्फ लागेको छ । अध्यक्ष सुरेश प्रधानको नेतृत्वमा महासंघको टोली सार्क ट्रेड प्रमोसन नेटवर्कको कार्यक्रममा भाग लिन दिल्ली गएको हो ।

प्रतिनिधिमण्डलले जिआइजेडको सहयोगमा संचालित सार्क ट्रेड प्रमोसन नेटवर्कको कार्यक्रममा भाग लिनेछ । नयाँ दिल्लीमा मंगलबारदेखि शुरु भएको नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा नेपालको तर्फबाट टोलीले सहभागीता जनाउने छ ।

उक्त प्रशिक्षण कार्यक्रममा सार्क मुलुकका व्यवसायिक संघसंस्थाका १५ जना नेतृत्वकर्ताहरुको सहभागीता रहने बताईएको छ । उत्त, टोलिमा महासंघका केन्द्रीय महिला उद्यमी समितिका सदस्य लक्ष्मी गिरी लगायत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment